मनोरञ्जन

प्रियंकाले सलमानपछि भंसालीलाई दिइन् धोका

बलिउड अभिनेत्री प्रियंका चोपडाले सलमान खानपछि सञ्जय लीला भंसालीको फिल्म पनि अन्तिम समयमा छाडेकी छन् । उनले हलिउड फिल्मका लागि भंसालीको फिल्मबाट छाडेकी हुन् ।

पिंकविलाको रिपोर्ट अनुसार, भंसालीले प्रियंकालाई आफ्नो फिल्म ‘गंगूबाई कोठेवाली’का लागि कास्ट गरेका थिए । दुवै चाँडै यो फिल्मलाई फाइनल गर्ने तयारीमा थिए ।

प्रियंकाले आफ्नो हलिउड फिल्म ‘काउ ब्वाई निन्जा भाइकिङ्ग’ का कारण ‘बाजीराव मस्तानी’ फेम्ड निर्देशकको फिल्म अन्तिम समयमा छाडेकी हुन् । उनले फिल्म छाडेसँगै भंसालीले यो प्रोजेक्टको काम तत्काललाई लागि रोकेका छन् ।

Facebook Comments