समाज स्थानीय खबर

एकीकृत सहरी विकास योजना सम्बन्धी गोष्ठी

शिवसताक्षी, २४ साउन । सहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा बुधबार शिबसताक्षीमा एक दिने एकीकृत सहरी विकास योजना अन्तरगत परिचयात्मक अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठिमा एकीकृत सहरी विकास योजना अन्तरगत सहर भनेको के हो ? विकास भनेको के हो ? योजना कसरी छनौट गर्ने र कस्तो योजना आवश्यक भन्ने बारेमा जानकारी गराइएको थियो । गोष्ठीमा डा.प्रदिप पौडेल, विर्ख क्षेत्री, उज्वल घिमिरे, अधिवक्ता विष्णु अधिकारी र इन्जिनियर दिनेश अधिकारीले सहजीकरण गरेका थिए ।

नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा नगरको ११ वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर स्तरीय विषयगत शाखा कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख शेर्माले स्थानीय तहको नेतृत्व गर्ने जनप्रतिनिधिहरुले आफ्नो वडा र समग्र नगरको विकास, परिवर्तन र समृद्धितर्फ अघि बढ्न यस्ता तालिम र गोष्ठिले महत्वपूर्ण उपलब्धि हुने बताए ।

Facebook Comments