स्वास्थ्य

अर्जुनधारामा गाउँलेले मिलेर बनाएको स्वास्थ्य भवनको उद्घाटन

add

अर्जुनधारा, २४ साउन । अर्जुनधारा–६ मा निर्माण गरिएको प्राथमिक स्वास्थ्य तथा बाह्य खोप केन्द्रको बुधबार उद्घाटन गरिएको छ ।

अर्जुनधारा नगरपालिकलाको उपप्रमुख कमला आचार्यले एक कार्यक्रमका विच खोप तथा गाउँघर क्लिनिकको उद्घाटन गरेकी हुन् । स्थानीयबासीको अगुवाईमा निर्माण गरिएको सो गाउँघर क्लिनिकमा विर्तामोड क्षेत्रका केहि भाग सहित अर्जुनधाराको वडा–६,९ र ११ का नागरिकले सेवा लिने स्थानीय अगुवा रमेश काफ्लेले जानकारी दिए ।

कार्यलयको उद्घाटन गर्दै उपप्रमुख आचार्यले स्थानीय सरकार नागरिकको स्वास्थ्योपचारमा गम्भीर भएको बताइन् । उनले नागरिककै पहलमा व्यवस्थित भवन निर्माण गरेको धन्यवाद दिइन् । स्वास्थ्य उपचार नागरिकको मौलिक हक भएकाले योजना निर्माणमा स्वास्थ्यलाई महत्वका साथ समावेश गरिएको उनको भनाई छ ।

सोही वडाका समाजसेवी परिवार देवमाया आचार्य,कमल प्रसाद आचार्य र सरस्वती थापा आचार्यले उपलव्ध गराएको जग्गामा भवन निर्माण गरिएको छ । उनीहरुले ९ धुर जग्गा उपलब्ध गराएका थिए । दुईतले भवन निर्माणका लागि नगरपालिका,जनस्वास्थ्य कार्यलय झापा र स्थानीय दाताले सहयोग गरेको भवन निर्माण समितिका सचिव तोयानाथ काफ्लेले जानकारी दिए ।

Facebook Comments