विशेष स्थानीय खबर

सात वर्षदेखि काम गर्दै आएकी भान्सेलाई झापाका एसपीले हटाएपछि…

add

बिर्तामोड, २४ साउन । अनुसन्धानका प्रहरी उपरीक्षक नरेन्द्र दाहालले लामो समयदेखि कार्यरत कार्यलय सहयोगीलाई कामबाट हटाएका छन् । यसअघि ६ जना प्रहरी उपरीक्षकलाई सहयोग गरेकी उमा बाँनियालाई भर्खरै झापा आएका अनुसन्धानका प्रहरी उपरीक्षक दाहालले हटाएका हुन् ।

करारमा नियुक्ति पाएकी बाँनियाले कामबाट हटाएपछि आफ्नो परिवारको विचल्ली भएको जानकारी दिइन् । उनले सोही ठाउँमा काम गरेर दुई छोरीलाई शिक्षा दिदै परिवार धानेको बताइन् । उनले भनिन्, ‘नयाँ हाकिमले मलाई विना कारण हटाउनु भयो । तिमि महिलाको काम छैन,तुरुन्त गइहाल्नु भन्दै काममा नआउनु भन्नुभयो ।’

२०६८ सालदेखि कार्यरत बाँनियाले यसअघि ६ जना एसपीको कपडा धुएको सुनाइन् । खाना बनाउने,सरसफाई गर्ने उनको जिम्मेवारी थियो । शुरुआतमा ७ हजारबाट सेवा शुरु गरेकी बाँनियाको हाल १६ हजार तलव लिदै आएकी थिइन् । उनले पछि राम्रो होला भन्दै सामान्य सुविधामा काम थालेको बताएकी छन् ।

झापा गाउँपालिका–२ घर भई हाल भद्रपुर नगरपालिका–७ बस्ने बाँनिया भन्छिन्, ‘यसअघिका एसपी कृष्ण खनालले नयाँ आउने सरले करार अवधि थप गरिदिने भन्नु भएको थियो । अव,काम नदिए मैले बाँच्नुको अर्थ छैन, मेरो छोरा छोरीको भविष्यमाथि ठुलो खेलवाड भएको छ ।’

पीडित उमाले आफ्नो करार अवधि थप गरिदिन माग समेत गरेकी छन् । एक्कासी हाकिम् सावले हटाउँदा मेरो हातमुख जोड्ने अवस्था समेत हुदैन,उनले थपिन् । आफु कार्यलयको नियम,समय तालिका बमोजिम् नै काम गर्ने बताएकी छन् । इमान्दार साथ काम गर्छु,सरले मलाई हटाउँदा उहाँको फुली बढ्दैन भन्दै दुखेसो पोखिन् ।

उपरीक्षक दाहालले करार अवधि सकिएकाले काममा नआउन भनेको स्वीकार गरेका छन् । यसअघि सबै एसपीले म्याद थप गरे,तपाईले किन गर्न मिल्दैन भन्ने इजलासको जिज्ञासामा उनले भने,–सन्तोषजनक काम नभएकाले म्याद थप नगरेको हो । यसअघिका ६ जना एसपीको सेवामा काम गरेकी उमाले नयाँ सरले आउनसाथ कसरी थाहा पाउनु भो ? काम राम्रो छ या छैन ?

उनका अनुसार एउटा श्रमजीविको पेट मार्न मिल्दैन । एसपी दाहालले म्याद थप गर्न नमिल्ने कानुन मै व्यवस्था भएको बताएका छन् । उनले आफु एक्लै बस्ने भएकाले अप्ठ्यारो पनि भएको सुनाए ।

जिल्ला समन्वय समिति झापाको उपप्रमुख मीना पराजुलीले महिला भएकै कारण कामबाट हटाउनु महिलामाथिको अन्याय भएको बताएकी छन् । उनले तत्कालै सोही ठाउँमा स्थापित गर्न माग गरेकी छन् ।

Facebook Comments