add
मनोरञ्जन

सलमानको ‘भारत’मा अब कट्रिना

add

मुम्बई। सलमान खानको फिल्म ‘भारत’ मा अब कटि«ना कैपले काम गर्ने भएकी छन् । यसअघि भारतमा प्रियंका चोपडाले तय भएको थिए । अघिल्लो साता प्रियंकाले आफू भारतमा नखेल्ने बताएकी थिइन ।

शुरुमै आफ्नो फिल्ममा सलमान कटि«नालाई नै लिन चाहान्थे तर प्रियंका अनुबन्ध भइन । भारतमा कटि«ना खेल्ने भएपछि सलमान अहिले निकै खुशी भएको बताइएको छ ।

भारतका निर्देशन अली अब्बास जफरका अनुसार कटरीनाले स्क्रिप्ट पढेपछि आफ्नो भूमिका मन पराएको दाबी गरेका छन् । र स्रोतका अनुसार कट्रिनाले जफरको प्रस्ताव स्वीकार गरेकी छन् । फिल्म भारतमा खेल्न उनी राजी भएकी छन् । कटि«नाको पारिश्रमिक तय नभए पनि सलमान उनलाई प्रियंकलाई दिने जति पैसा दिन तयार छन् । भारतमा प्रियंकालाई १२ करोड भारतीय रुपैया दिने सहमति थियो ।

तर कटि«ना यसअघिका फिल्ममा करीब ५६ करोड रुपैयाँमा काम गर्थिन । फिल्म भारतमा १२ करोड रुपैया पारिश्रमिक पाए यो कटि«नाका लागि दोब्बर पारिश्रमिक हो । सलमान र कटि«नाबीच केही वर्षअघि अफेयर्सको चर्चा थियो । तर त्यो धेरै टिकेन । अहिल्यसम्म दुवै अविवाहित छन् ।

Facebook Comments