मनोरञ्जन

बायोपिकका बारेमा यसो भन्छिन् सनी लियोनी

add

बलिउड अभिनेत्री सनी लियोनीले आफ्नो बायोपिकबाट मानिसहरुले प्रेरणा लिन सक्ने बताएकी छन् । उनले भनिन् , ‘म आफ्नो जिन्दगीलाई निकै मन पराउँछु । मेरो कहानी पूरै साँचो हो र मानिसहरुले यसमाथि भरोशा गर्छन् ।’

सनी लियोनी चाहना आफ्ना बच्चाहरु पनि आफूजस्तै मेहनती बनुन् । उनी भन्छिन्, ‘मलाई यो थाहा छ कि असल आमा बन्नका लागि बच्चासँगै रहनुपर्छ ।’

स्मरण रहोस्, सनी लियोनी र उनका पति डेनियल वेबरका तीन बच्चा छन् । सनी र डेनियलले यस वर्ष मार्चमा जुम्ल्याहा बच्चा (नोआ र अशर)लाई आफ्नो सन्तान बनाएका थिए । दुवैको जन्म सेरोगेसीमार्फत भएको थियो ।

सनीले निशालाई आफ्नो सन्तान बनाउँदा उनी २१ महिनाकी थिइन् । निशालाई त्यसअघि ११ जोडीले सन्तानका लागि अस्वीकार गरेका थिए ।

सनीको बायोपिक ‘करनजीत कोवर स् द अनटोल्ड स्टोरी अफ सनी’ वेव प्लाटफर्मको माध्यमबाट रिलिज भएको छ । यसमा सनी आफैंले अभिनय गरेकी छन् । कुनै कलाकारले आफ्नो कहानीमाथि अभिनय गरेको यो पहिलो हो ।

Facebook Comments