मनोरञ्जन

शाहरुखकी छोरी कसले पाउलान् ?

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ ।

सुहानालाई आफ्नो फिल्मबाट कास्ट गराउन धेरै निर्माता(निर्देशक आतुर रहेको बताइन्छ । तर, सबैभन्दा बढि सम्भावना करण जौहरको मानिएको छ । उनी शाहरुखसँग अत्यधिक नजिक छन् ।

तर, शाहरुखले भने अरु विकल्प पनि हेरिरहेका छन् । उनको प्राथमिकता सुचीमा सञ्जय लिला भन्साली र सुभाष घई रहेको बताइन्छ । तर, यसो गर्दा करणले चित्त दुखाउने डर पनि उनलाई छ ।

Related image

यता, भोगको कभरमा छापिएपछि सुहानाले तीव्र विवादको सामना गर्नुपरेको छ । उक्त कभरमा अत्यधिक नकारात्मक प्रतिक्रिया आएपछि कमेन्ट सेक्सन नै बन्द गरिएको छ । अब केवल फोटो हेर्न मिल्छ, कमेन्ट गर्न मिल्दैन ।

सिनेमा वा मोडलिङमा कुनै योगदान नभएकी किशोरीलाई प्रतिष्ठित म्यागजिनको कभरमा स्थान दिइएको भन्दै आलोचना भएको हो । यसले फेरि एकपटक बलिउडमा परिवारवादको बहसलाई चर्काएको छ ।

Related image

Facebook Comments