विशेष स्थानीय खबर

झापाका नयाँ एसपीले गुण्डागर्दी तह लाउने, राजनीतिक दबाब नमान्ने

झापा, २६ साउन । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तस्करी,गुण्डागर्दी र दण्डहीनता विरुद्ध कठोर हुने बताएका छन् । उनले जिल्लाको सुरक्षाका लागि कुनै सम्झौता नगर्ने बताए ।

जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँगको परिचायत्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ढकालले शान्ति सुरक्षाका लागि समन्वय र सहकार्य गर्न आग्रह समेत गरेका छन् । उनले कुनै पनि मुद्दा दलहरुको दवाव नमान्ने बताएका छन् । कानुनकोविरुद्ध कहिल्यै कसैको दवाव नमान्ने बताउँदै उनले भने, ‘दलहरु पनि यस विषयमा सहमति हुनुहुन्छ ।’

भर्खरै झापा प्रहरीको सुरक्षाको जिम्मेवारीमा आएका नयाँ एसपी ढकालले आयोजना गरेको कार्यक्रममा नेकपाका चिन्तन पाठक, विजय साम्पाङ, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा,देउमान थेवे सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

Facebook Comments