भद्रपुर, २६ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् झापाले आफूहरुका हक अधिकारहरुलाई राज्यले बेवास्था गरेको भन्दै प्रथम चरणको आन्दोलन अन्र्तगत एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
परिषद झापा अध्यक्ष जगेनलाल राजबंशीको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ झापा अध्यक्ष बुद्धिमान् कार्कीको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा परिषद कर्मचारीहरुका सेवा सुविधा सम्बन्धि विभिन्न मागहरु सहित एक दिने अन्र्तरकृयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सहभागी नेपाल शिक्षक महासंघ झापा अध्यक्ष प्रमुख अतिथि कार्की , संगठन सचिब उमेश साह ,तारा रुचाल लगाएतले वोल्दै परिषदका जायज मागहरुलाई राज्यले पुरा गर्नु पर्नेमा जोड दिए ।
सोही अवसरमा अन्र्तकृयावाट आएका सल्लाह ,सुझाव र केन्द्र वाट प्राप्त अपिल लगाएतका मागहरुलाई परिषद अध्यक्ष राजवंशी , शिक्षक महासंघ झापा अध्यक्ष कार्की कपिल तिम्सिना लगाएतको टोलीले जिल्ला शिक्षा विकास समन्वयन ईकाई समिति झापालाई ध्यानाआर्कषण पत्र समेत बुझाएको छ ।
परिषद्का खरिदारलाई प्रावि शिक्षक सरह र लेखापाललाई निमावि शिक्षक सरह तलव सुविधा दिनुपर्ने ,परिषद कर्मचारीको हित विपरित आएको आठौं संशोधित शिक्षा ऐनलाई खारेज गर्नुपर्ने लगाएतका माग रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।