add
विशेष स्थानीय खबर

साता नबित्दै अर्जुनधारामा तीन बलात्कारका घटना, ७० वर्षीय बृद्ध पक्राउ

add

झापा, २६ साउन । झापाको अर्जुनधारा नगरपालिकाबाट बलात्कारको अरोपमा एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–११ का ७० वर्षीय मानबहादुर बानियाँ रहेको इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी कृष्ण कोइराला जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार प्रयास गरेको अरोपमा शुक्रबार राति बानियाँलाई पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्त बानियाँलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यता, अर्जुनधारा नगरपालिकामा मात्रै एक सातायता तीन वटा बालात्कारको घटना सार्वजनिक भएको छ ।

यसअघि अर्जनधारा–२ की चार वर्षीया बालिकालाई बलात्कारको शिकार भएकी थिइन् । बलात्कारको अरोपमा सोही स्थानका १५ वर्षीय विजय गजमेरलाई प्रहरीले पक्राउसमेत गरिसकेको छ भने बलात्कृत बालिकाको उपचारमा सहयोग गर्ने उद्देश्यले विभिन्न संघसंस्थाले सहयोग समेत गरेका छन् ।

अर्जुनधारा–२ स्थित लाम्गादे परिवारलाई अर्जुनधारा वडा कार्यालय, सामाजिक संघसस्था, सामाजिक अगुवाहरुले सहयोग रकमसहित खाद्यान्य उपलब्ध गराएका छन् । पीडित बालिका परिवारलाई अर्जुनधारा–२ वडा कार्यालयले रू २ हजार २ सय, स्थानीय शान्ति सामुदायिक वन उपभोक्ता समूहले रू ५ हजार, सामाजिक अगुवाहरुबाट संकलित रू १ हजार ९ सय नगदसहित चामल, दाल, खाने तेल लगायका सामग्री प्रदान गरिएको हो ।

Facebook Comments