बिर्तामोड, ३१ साउन । मेचीनगर ४ बाहुनडाँगीका स्थानियबासीले हात्तीकै कारण सबै परिवार सँगै बसेर खाना खान पाउँदैनन् । श्रीमानले खाना खान थाले श्रीमती बाहिर बसेर हात्ती हेर्नुपर्छ भने, श्रीमतीले खानथाले श्रीमानले ।
यसरी खाना खान थालेको एक, दुई दिन होईन वषौँ भईसक्यो । यसो नगरे कतिबेला हात्ती आउँछ र घर भत्काउँछ थाहा हुँदैन । ‘छोराछोरी र श्रीमती सँगै बसेर खाना खाँदा कस्तो होला ? कल्पना मात्र गछौँ, हात्ती नरुगे घर सँगै ज्यानै जाने डर हुन्छ ।’ बाहुनडाँगीका स्थानिय शम्भु ढुङ्गेल दुखेसो पोख्छन् ।
दुई वर्ष अघि घाँस काट्न घर नजिकै गएका ६७ वर्षीय बुबा मनहरी ढुङ्गेललाई हात्तीले मारेपछि ढुङ्गेल परिवार मात्र होईन बाहुनडाँगीका स्थानियनै आतंकित बने । त्यस पछि यस क्षेत्रका स्थानिय खाना खान देखि सँगै बसेर समेत परिवार सँग गफ गर्न पाउँदैनन् । ‘परिवारका एक जना सदस्य हात्ती आयो कि भनेर हेर्ननै खटिनुपर्ने हुन्छ्, दिउँसो त जसोतसो हाँसेरै बिताईन्छ । राती बिताउन सारै गाह्रो हुन्छ ।’ अर्का स्थानिय भिम बहादुर थापा बताउँछन् ।
हात्तीले दुख दिने झापाको मुख्य स्थानकै रुपमा परिचित यस क्षेत्रमा कतिबेला हात्ती गाउँ पस्छ टुङ्गो हुँदैन । ‘कहिले विहानै घर बाहिर निस्कदा आँगनमानै हात्ती हुन्छ, सुकाएको बालबच्चाको विद्यालय जाने लुगानै खाईदिन्छ भने, लगाएको अन्न एक दाना पनि भित्राउन पाईदैन ।’ स्थानिय शम्भु ढुङ्गेल बताउछन् ।
अब धान खेती सुरुभएकाले धान नपाकेसम्म यहाँका नागरिक सुत्न पाउँदैनन् । हात्ती खेदाउन रातभर जागराम नबसे धान खेती पनि भित्राउन पाउँदैनन् । अबको चार महिना अर्थात मंसिर सम्म रात दिन धानखोती रुङ्नुपर्छ । नजिकै भारतको सिमानामा रहेको जंगलमा बस्ने हात्तीले खाईदिएपछि यस वर्ष बाहुनडाँगी, झोडा, अम्लिसे र आहालडाँगीका स्थानियले लगाएको मकै एक घोगो पनि भित्राउन पाएनन् । सरकार र दात्री निकायको सहयोगमा जिल्ला वनकार्यालयले लगाएको बिद्युतिय तारले हात्ती छेक्छ भन्ने आशामा मकै खेती गरेका स्थानियले पाक्ने बेलामा हात्ती पसेर खाईदिएपछि अन्न भित्राउन नपाएको गुनासो गरे ।
‘बिद्युतिय तारमा करेण्ट रहेनछ, हात्तीले भत्काएर पस्यो र सबै मकै खाईदियो, अब धानको पनि त्यहि हालत होला ।’ बाहुनडाँगिकी स्थानिय निसा प्रधानले बताईन् । उनले ४ बिगाहमा लगाएको मकै खेती दुईवटा हात्तीले एकै रातमा खाइदिएको थियो । विद्युतिय तारबारमा करेण्ट बहन छाडेपछि भारतबाट आउने हुलका हुल हात्तीले एकै रातमा यो क्षत्रका स्थानियले लगाएको बालि नस्ट गर्ने गरेको छ भने नजिकै जंगलमा बस्ने रैथाने हात्तीले दैनिक दुख दिईरहेन गरेको स्थानियको भनाई ।
बिश्व बैंकको आर्थिक सहयोग र प्रकृति संरक्षण कोषसँगको सहकार्यमा जिल्ला वन कार्यालयले इलामको जिर्मलेदेखि झापाको काँकड्भिट्टा सम्म १८ किलोमिटर सोलार फेन्सीङ्ग जडान गरिएको थियो । सो सोलारबाट दुई वर्ष सम्म करेण्ट आए पनि अहिले बिग्रिएकाले करेण्ट नआउँदा हात्ती सिदै गाउँमा पस्न थालेको छ ।
पहिले भारतीय सिमानाबाट आउने हात्ती बच्चा सहित आउने र तार देखेपछि बच्चा जोगाउन फर्कने गरे पनि अहिले करेन्ट नहुँदा हात्तीको हुलनै पसेर स्थानियलाई आतंकित बनाउने गरेको स्थानिय भिम बहादुर थापा बताउँछन् । १८ किलोमिटर सोलार फेन्सीङ्ग जडान गर्नका लागि एक करोड ३० लाख रुपैयाँ खर्च भएको थियो । २०७१ साल माघ २३ गतेबाट सुरु भएको परियोजना २०७३ साल साउन २२ गते निर्माण सम्पन्न भएको थियो ।
अहिले त्यसको मर्मतका लागि रकम नभएकाले हात्ती उपध्रोको समस्या उस्तै भएको मावन हात्ती द्धन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका सचिव टिकाराम सापकोटा बताउँछन् । ‘पहिले दुई वर्ष व्याट्रिले काम गर्दात ठिकै थियो, अहिले ब्याट्रिले काम नगरेपछि करेण्ट आउँदैन, त्यसैले दिनभर भारतीय जंगलमा बस्ने हात्तीले साँझमा नेपाल पसेर दुख दिने क्रम बढेको छ ।’ सचिव सापकोटाले भने ।
तार मर्मत गर्न र प्राविधिकलाई तलब दिन मेचिनगर नगरपालिकाले गत वर्ष ४ लाख रुपैयाँ दिए पनि कर्मचारीलाई तलब दिदै रकम सकिएको उनले बताए । तार लगाईएको स्थानमा गेट खोल्ने र हात्ती धपाउने १२ जना प्राविधिक राखिएको छ । यता स्थानियले भने प्राविधिकहरुले समयमा गेट नखोलेको र मर्मत नगरेकाले यसमा समस्या आएको आरोप लगाउँछन् । ‘खोलिएको गेट समयमा बन्द नगर्दा त्यहिबाट हात्ती पनि पसे, अलि अलि बिग्रिएको र लडेका तारका पोल समेत समयमा मर्मत नगरेर अहिले यस्तो समस्या आयो ।’ स्थानिय शम्भु ढुङ्गेलले भने ।
हात्ती नियन्त्रणका लागि सरकारले बिभिन्न समयमा यो क्षेत्रमा करोडौ रकम लगानि गरे पनि सहि सदुपयोग हुन नसक्दा वषौँ देखि स्थानियले भोग्दै आएको हात्तीको समस्या नियन्त्रणमा आउन नसकेको स्थानिय गुनासो गर्छन् । यो क्षेत्रमा भारतबाट आउने हात्तीले बढि दुख दिने गरेको कारण नेपाल र भारतको उच्च स्तरमा छलफल गरी दुबै देशले पहल गरेमात्र दिर्घकाल निकास निस्कने उनिहरुको भनाई छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।