विचार

विकास चाहियो, तर कर तिरिन्न

add

तीर्थ सिग्देल
बेल्जियममा बसोबास गर्दै आएका पत्रकार सन्तोस न्यौपानेले लेखेका छन्, मैले गाडी चलाए बापत वार्षिक ४५० युरो कर तिर्छु, काम गरेबापत मासिक ८०० युरो कर तिर्छु, बाटो हिडे बापत वार्षिक ६० युरो कर तिर्छु, घरको वार्षिक ६५० युरो कर तिर्छु, बिजुली पानी इन्टरनेटको वार्षिक सालाखाला १००० युरो कर तिर्छु, प्रत्येक पटक खाद्य पदार्थ किन्दा ६५ कर तिरेको हुन्छु, माछा मार्ने रहर लागे वार्षिक १२ युरो नगरपालिकालाई बुझाउनुपर्छ मैले । यस्ता धेरै छन् यथार्थ, तर विशेष गरेर युरोप अमेरिका बस्ने नेपालीहरुले सामाजिक सञ्जालहरुमा नेपाल सरकारले लागू गरेको करको विरोध नगरेकै राम्रो । याद राख्नुहोस, ढाड सेकिने गरेर कर तिर्दाको अवस्था । घर कर, घर भाडा कर, खानेकुरा किन्दा कर, माछा मार्ने अनुमति कर, बाटो हिँडेको कर, गाडीको कर, बाटोमा गाडी चलाएको कर, पानी कर, बिजुली कर, इन्टरनेट कर, साइकल किन्दा कर, कपडा किन्दा कर, काम गर्दा कर, आम्दानी बढी भयो वार्षिक तिर्ने कर, समयमा बिल भुक्तानी नगर्दा लाग्ने दोब्बर कर ।

करबाटै समृद्धितर्फ तर्फ गएका देश धेरै छन् । कर भनेको मुलुक चलाउन अनिबार्य र अति आबश्यकीय हो । तर, आज नेपालमा करको बिरोध भइरहेको छ । मानौ, यो कर अहिले मात्र लागिरहेको छ ।

म सम्झन्छु, स्कूल पढ्न आउँदा शनिश्चरेमा ठूलो बाख्रा हटिया लाग्थ्यो । त्यो बेला पनि मैले बजारमा बट्टा (कर) उठाएको देखेको छु । अहिले पनि कहिलेकाहीँ त्यो बाटो हिँड्छु । त्यसरी नै कर उठाएको देख्छु । त्यही पहाडबाट केरा बेच्न ल्याउनेले बट्टा तिरेको देखेकै हो । सुर्ती बेच्ने, थुन्से, डोको, नाम्लोदेखि सब्जी बेच्नेलाई पनि बट्टा उठाएको यिनै आँखाले देखेको हो । र, आज पनि त्यो बजारमा त्यसरी नै कर लागिरहेको रहेछ ।

नेपालमा तीन तहको सरकार बनेपछि स्थानीय तह अलिक बलियोरुपमा अगाडि आएको प्रष्ट देखिन्छ । गत बर्षको आधा समयमा मात्र भएका कामले धेरै स्थानीय तहमा बिकासको प्रारुप खडा भएका छन् ।

एकप्रकारका मान्छेहरुले स्थानीय तहले बिगतमा नै लिइदै आएका करहरुलाई ब्यबस्थित बनाउने प्रयास गर्दा धुँवादार बिरोध गरिरहेको देखिन्छ । यो एकप्रकारको बिकास बिरोधी मानसिकताको उपज हो । किनभने जसले कर तिर्देन, बर्षोदेखि कर तिरिरहेको छैन, उसले मात्र करको बिरोध गरिरहेको छ भन्दा हुन्छ ।

म सन्तोषजीको कुरामा सहमत छु । यहाँ पनि त्यस्तै हुनुपर्छ । जबसम्म नागरिकले कर तिर्देनन्, उनीहरुलाई बिकास माग्ने हक पनि हुनुहुँदैन । किनभने अहिले नेपालीहरुमा मोजमस्तीमा जिबन जिउने र अनेक गरेर कमाउने तर कमाएको रकमको पनि कर तिर्न नमान्ने संस्कार हुर्कदै गएको छ ।

हामी नेपालीमा आम्दानी जति आफु लिने तर कर चाही लिन मिल्दैन भन्ने नराम्रो प्रबृत्ति हुर्कदै गएको छ । यतिसम्मकी कुनै दिन आफ्नो घरको सेफ्टी ट्यांकीसम्म पनि सरकारले नै सफा गरिदिनु पर्छ भन्ने माग आउन सक्छ ।

केही दिन अगाडिको कुरा हो । म झापाको एउटा स्थानीय तहमा पुगेको थिएँ । त्यहाँ एकजना आफ्नो घर अगाडिको बाटाको खाल्डो पुरिदिन आग्रह गर्दे थिए । त्यहाँ उनको माग पूरा भयो, तर बाहिर निस्केर उनी नगरपालिकाले बढी कर लियो भनेर आवाज उठाइरहेका थिए । उनी भन्दै थिए, अब त हद् भयो, जताततै करै कर छ । शायद भर्खरै उनलाई उनको घर अगाडिको सडकको खाडल पुर्न नगरपालिकले गरेको लगानी र खर्च कहाँबाट आउँछ भन्ने थाहा भएन क्यार ?

बैंकहरुले ब्याज बढाएर डबल बनाए, कोही बोल्दैन । अस्पतालमा पुगेको बिरामी उकास्न घर बेच्नुपर्छ, कोही बोल्दैन । स्कूलले फि बढायो, बोल्नै मिल्दैन । प्लेनले दिनहुँ रेट बढाउँछ, हामी आनन्दले प्लेन चढ्छौं । तर, बिरोध गर्दैनौं । बरु नगरपालिका, गाउँपालिकाहरुमा बिगतमा करमा गरिएको लापरबाही र मनोमानीलाई ब्यबस्थित गर्न खोज्दा बिरोध गर्देछौं ।

बाटो भत्कियो, नगरपालिका गुहार्ने । पूल बनाउनु पर्यो, गाउँ पालिका धाउने । बिजुलीको पोल चाहियो, त्यही नगर पालिकाको मुख ताक्ने । ढल बनाउन, सडक पिच गर्नदेखि बिकासका सबै काममा स्थानीय तह चाहिने तर सामान्य कर बढ्दा लोभ लालच देखाउने ? बैंकहरुले ब्याज बढाएर डबल बनाए, कोही बोल्दैन ।

अस्पतालमा पुगेको बिरामी उकास्न घर बेच्नुपर्छ, कोही बोल्दैन । स्कूलले फि बढायो, बोल्नै मिल्दैन । प्लेनले दिनहुँ रेट बढाउँछ, हामी आनन्दले प्लेन चढ्छौं । तर, बिरोध गर्दैनौं । बरु नगरपालिका, गाउँपालिकाहरुमा बिगतमा करमा गरिएको लापरबाही र मनोमानीलाई ब्यबस्थित गर्न खोज्दा हामी बिरोध गर्देछौं । आफ्नो घर आगनमा बिकास चाही चाहिने, तर कर चाँही लिन मिल्दैन रे । समृद्धि पनि चाहिने तर कर बिनाको । उसोभा, हामीले कस्तो खाले बिकास खोजेको हो त ?

Facebook Comments