काठमाडौं, ४ भदौ । प्रा.डा. गोविन्द केसीसँग यसअघि भएको सहमति अनुरुप काठमाडौं बाहिर मेडिकल कलेज खोल्ने विषयमा शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रीस्तिरिय निर्णय गर्दै डा केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति अनुसार सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन ।
समितिमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिब डा हरि लम्साल, सुदूर पश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा शंकर भट्ट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य र नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि सदस्य रहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।