शीर्ष खबर स्थानीय खबर

हेमचन्द्र घिमिरे (राजु): कार्यालय सहयोगीदेखि अध्यक्षसम्म

add

सान नेपाल
गौरादह, १८ भदौ । गौरादह जेसीज वर्ष २०१८ का अध्यक्ष हेमचन्द्र घिमिरे (राजु) शुभलक्ष्मी सहकारी संस्थाको चुनावी मैदानमा उत्रिएका छन् ।

नम्र र मिजाशिला व्यक्तित्वका धनी घिमिरे एक दशक देखी शुभलक्ष्मीमा उपस्थिती देखाउँदै आएका एक दक्ष र अनुभवी व्यक्ति मानिन्छन् । विभिन्न सामाजिक गतिविधिमा सक्रिय भुमिकामा रहेका घिमिरे शुभलक्ष्मी सहकारीमा कार्यालय सहयोगीको रुपमा प्रवेश गरेका हुन् । कार्यालय सहयोगीको रुपमा निकै राम्रो प्रसंसा प्राप्त गर्न सफल उनलाई संस्थाले कर्जा अधिकृतको जीम्मेवारी समेत प्रदान गरेको थियो ।

कर्जा अधिकृत भएर सेवारत घिमिरे कार्यवाहक व्यवस्थापक भएर पनि जिम्मेवारी बहन गरिसकेका छन् । २०१२ मा गौरादहमा स्थापना गरिएको गौरादह जेसीजमा स्थापनाकालबाटै सक्रिय रहँदै आएका घिमिरे जेसीज वर्ष २०१७ मा कानुनी सल्लाहकारको जिम्मेवारीमा थिए । उनी प्रज्जव कलेजियट एकेडेमी गौरादहका साझेदार सदस्य समेत हुन् ।

उनी हाल पाइनर एसोसिएसन पुर्वाञ्चल प्रालि नामकको सप्mटवेयर कम्पनीमा म्यानेजरको पदमा कार्यरत छन् । रेडक्रसका आजीवन सदस्य उनी शुभलक्ष्मी सहकारी संस्थाको आसन्न निर्वाचनमा सचिव पदमा आउनको लागि रहर नभएर आवश्यकता भएको बताउछन् । ‘रहरले मात्र हुँदैन, पदीय दायित्व निर्वाह गर्नको लागी त्यस सम्बन्धी ज्ञान र पर्याप्त अनुभवको पनि आवश्यकता रहन्छ’, घिमिरेले भने ।

आसन्न निर्वाचनमा सचिव भएर कार्य गर्नको लागि केही कार्ययोजना समेत उनले सार्वजनिक गरेका छन् । ‘हामीले बोलेर मात्र हुँदैन, शेयर सदस्यको जीवनस्तर उकास्ने खालका प्रभावकारी कार्यक्रमहरु ल्याइनु पर्छ’, उनले भने । शेयर सदस्यको आर्थिक कारोबारमा सहजता, संस्थाको आर्थिक पारदर्शिता, आर्थिक मितव्ययिता, शेयर सदस्यका समस्यालाई गम्भीर रुपमा सम्बोधन गरिनु पर्ने उद्देश्यहरु आप्mनो कार्यकालमा पूरा गर्न लागिपर्ने उनी बताउँछन् ।

अधिकांश सहकारीहरु शेयर सदस्यबाट बचतको मात्र आशा गर्छन्, त्यसले मात्र संस्थालाई अगाडि बढाउन सकिन्छ भन्नु नितान्त गलत कुरा हो, सहकारी शिक्षालाई परिवर्तन गरिनु पर्छ, आधुनिक सहकारी शिक्षाको आवश्यकता लाई ध्यान दिनु जरुरी छ भन्ने उनको सोच छ । संस्थाले गत वर्ष बाट सञ्चालनमा ल्याएको सहकारी पसलमा निकै फेर बदल ल्याउनु पर्ने उनको सुझाव छ । ‘सहकारी पसल घाटामा छ भनेर हुँदैन, आर्थिक पारदर्शिता र मितव्ययितामा ध्यान पु¥याउँदै गुणस्तरीय बनाउनु पर्छ सक्नुपर्छ’, उनले भने, ‘शेयर सदस्यको वृत्ति र नेतृत्व विकास गरिनु पर्छ, मेरो उम्मेद्वारीका उद्देश्य यो पनि हो ।’

Facebook Comments