मनोरञ्जन

श्रद्धा लिम्बु र रोजेन सुन्दासको प्रेम कहानी सार्वजनिक

add

विगत लामो समयदेखि नेपाली कला क्षेत्रमा संघर्ष गरिरहेका गायक, संगीतकार, क्यामेरा मेन, सम्पादक निर्देशक आदि बहु प्रतिभाको धनि पेन्जी योङले पि.वाइ म्युजिक मार्फत आफ्नो ूप्रेम कहानीू बोल गीतको भिडियो लिएर श्रोता दर्शकमाझ आएका छन् ।

गीत रचना स्वयं गायक पेन्जी योङ कै रहेको छ। पि.वाइ म्युजिकबाट यस भन्दा पहिले पनि धेरै भिडियोहरू सार्वजनिक भइसकेको छ। अहिले सार्वजनिक ूप्रेम कहानीू बोलको गीतको भिडियोमा अहिलेका कोरियामा जल्दाबल्दा चर्चित मोडेल रोजेन सुन्दासको दमदार अभिनय रहेको छ जसमा मोडेल श्रद्धा लिम्बुले साथ दिएकी छिन् ।

मोडेल द्वय रोजेन सुन्दास र श्रद्धा लिम्बुले अन्य विभिन्न भिडियोहरूमा पनि अभिनय पस्किसकेमा छन्। म्युजिक भिडियोको कोरियाको विभिन्न रमणीय स्थानहरू सुटिङ गरिएको छ। कोरियामा कामको व्यस्तताका बाबजुद पनि गीत, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।

Facebook Comments