स्थानीय खबर

मेचीनगरले पशुपक्षीको स्वास्थ्य जाँच्ने

add

मेचीनगर, २८ भदौ । मेचीनगरका पक्षी तथा पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक दुईदिने निःशुल्क पक्षी तथा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा विहीबार सम्पन्न आयोजक, सहआयोजक तथा प्राविधिक सहयोग रहेको हिकाष्ट नेपालका प्रमुख प्रतिनिधिबीच भएको बैठकले आगामी असोस १ र २ गते नगरका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गर्ने निर्णय गरेको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

शिविरको सहआयोजक धुलावारी माध्यमिक विद्यालय रहेको छ । शिविर सम्पन्न गर्न हिकाष्टकातर्फबाट दुईजना विषय विज्ञ पशु चिकित्सकसहित ३२ जनाको टोली झापा आउने नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।सहआयोजक धुलावारी माध्यमिक विद्यालयमा अध्ययनरत पशु विज्ञानका छात्रछात्राले समेत शिविरमा सहयोग पुर्याउने विद्यालयका प्रधानध्यापक तेजप्रसाद चौलागाईँले जानकारी दिए । उनका अनुसार असोज १ गते नगरको २ नम्बर वडा कार्यालय परिसर तथा २ गते कवि शिरोमणि माध्यमिक विद्यालय परिसरमा शिविर सञ्चालन हुने छ ।

शिवरमा पशुको निःशुल्क स्वास्थ्य परीक्षण, गोवर, रगत परीक्षण तथा बन्ध्याकरणको सेवा उपलब्ध गराईने छ । शिविरलाई व्यवस्थितरुपमा सम्पन्न गर्न वडानम्बर ९ का वडाध्यक्ष तथा नगरका आर्थिक विकास समिति संयोजक सुदय पनेरु संयोजक तथा अधिकृत दीपेन्द्र कार्की सदस्य सचिव रहेको २२ सदस्यीय शिविर व्यवस्थापन समिति समेत वैठकले गठन गरेको छ । समितिमा विषयगत समितिका संयोजक, सहआयोजक, हिकाष्ट नेपालका प्रमुख प्रतिनिधिहरु रहेका छन् ।

यसैगरी, मेचीनगर नगरपालिका क्षेत्रभित्र भुस्याह कुकुर नियन्त्रण गर्नका नगरपालिकालेभुस्याह तथा घरपालुवा कुकुरहरुलाई पाँचदिने निःशुल्क वन्धयाकरण तथा रेविज भ्याक्सिन उपलब्ध गराउने भएको छ । असोज २ देखि सञ्चालन हुने कार्य असोज सात गर्ने सम्पन्न हुने छ । पहिलो दिन खुट्टीडाँगी, चारआली, दुहागढी वडानम्बर १४ को वडाको कार्यालय दोस्रो दिन काँकरभिट्टा, इटाभट्टा, तेस्रो दिन गते धुलावारी, धाइजन चौथो दिन सिर्जनाचोक, गिरी गाउँ, गोमनसरी ज्यामिरगढी वडानम्बर १५ को वडा कार्यालय र पाचौ दिन असोज ७ गते बाहुनडाँगी, र भृकुटी वजारमा उक्त अभियान पुगेर समापन हुने बताइएको छ ।

Facebook Comments