विशेष स्थानीय खबर

बडिबिल्डर राम दाहाललाई लायन्स क्लब अफ कनकाईको सम्मान

add

बिर्तामोड, २८ भदौ । झापाको कनकाईमा शारीरिक सुगठन खेलाडी राम दाहाललाई आज ‘उत्कृष्ट नागरिक सम्मान’ प्रदान गरिएको छ ।

लायन्स क्लब अफ कनकाईले बिहीबार आयोजना गरेको दोस्रो पदस्थापन कार्यक्रम दाहाललाई सम्मान गरिएको हो । शारीरिक सुगठन (बडिबिल्डिङ)–को माध्यमबाट खेलाडी दाहालले मुलुकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएकाले सम्मान गरिएको क्लबका सन् २०१७–२०१८ का अध्यक्ष सुरेन्द्र प्रधानले जानकारी दिए ।

‘हरेक वर्ष उत्कृष्ट नागरिकका रुपमा क्लबले एक जनालाई सम्मान गर्ने गरेको छ’, अध्यक्ष प्रधानले भने, ‘दाहालले अथक परीश्रम गरेर खेलकुदको माध्यमबाट झापा मात्र नभई नेपाललाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गर्नुभएको छ, उहाँको कार्यको मूल्यांकन गर्दै सम्मान गरेका हौँ ।’

दाहाललाई कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक गर्भनर अनन्तप्रसाद भेटुवाल, प्रेदश सांसद झलकसिंह दर्लामी, हिरा थापा लगायतले दोसल्लास ओढाएर नगदसहित सम्मान गरेका थिए ।

गर्भनर भटुवालले क्लब र क्लबले गर्ने गतिविधिको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा उनले आँखा र छाला दान गर्न आग्रह समेत गरेका थिए । ‘मरेपछि हाम्रो शरीर माटो मिल्ने हो’, उनले भने, ‘खेर जाने शरीरले अरुले नयाँ जीवन पाउन सक्छन् ।’ कार्यक्रममा तीन जनाले आँखा र छाला दान गर्ने घोषणा समेत गरेका छन् ।

सम्मान ग्रहण गर्दै खेलाडी थापाले आफूलाई थप हौसला मिलेको बताए । निकट भविष्यमा हुन लागेको प्रयोगिताका लागि तयारी गरिरहेको बताउँदै उनले भने, ‘मलाई तपाईंहरुले गर्नुभएको सम्मानले हौसला थपिएको छ, भविष्यमा अझ राम्रो गर्नेछु ।’

कार्यक्रममा लायन्स क्लब कनकाईका सन् २०१८–२०१९ का अध्यक्ष रमेश खतिवडा, लियो क्बल कनकाईका सन् २०१८–२०१९ अध्यक्ष विजय पाठक, लायन्स क्लब शिवसताक्षीका सन् २०१८–२०१९ अध्यक्ष यामनाथ काफ्लेले पदभार ग्र्रहण गरेका थिए । उनलाई प्रमुख अतिथि भेट्वालले सपथ ग्रहण गराएका थिए भने निवर्तमान अध्यक्षहरुले पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विशिष्ठ अतिथि लीलाकुमार ढुंगेल, राजन खत्री, रेवतबहादुर कार्की, कनकाई नगरप्रमुख राजेन्द्र पोखरेल, संस्थापक अध्यक्ष लीला चिमरिया, कांग्रेस नेता देउमान थेवे, भीम घिमिरे, लक्ष्मीप्रसाद ओली, प्रकाश चुडाल, चम्पा खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक गंगा दाहाल स्वागत गरेको कार्यक्रमको सञ्चालन क्लबका सचिव मनोज बस्नेत र सहकोषाध्यक्ष त्रिलोचन उप्रेतीले गरेका थिए ।

Facebook Comments