शीर्ष खबर स्थानीय खबर

बबिनाको उपचारका लागि सहयोगको अपिल, देशविदेशबाट सहयोग जुट्दै

add

सान नेपाल
गौरादह, २९ भदौ । झापा गौरादह–१ स्थित डिट्ठा चोक निवासी बबिना ताजपुरिया रगत सम्बन्धी आई.टी.पी नामक गम्भीर समस्याबाट ग्रस्त भएकी छिन् ।

आर्थिक अवस्था दयनीय भएको ताजपुरिया परिवारले छोरीको स्वास्थ्य उपचारको लागि सबैसँग आर्थिक सहयोगको याचना गरिरहेको छ । स्थानीयबासीले ‘बबिना ताजपुरिया बचाउ अभियान’ शुरु गरी स्वदेश तथा विदेशबाट करिब १ लाख आर्थिक सहयोग संकलन गरेको बताइएको छ ।

संकलित रकमबाट बबिनालाई काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलमा उपचार गराई घर ल्याइएको र थप उपचारका लागि आर्थिक संकलन गर्न आवश्यक रहेको उनका बुवा दिलबहादुर ताजपुरिया बताउँछन् । ताजपुरिया बचाउ अभियानका संयोजक सकेन्द्र ताजपुरियाले बबिनालाई बचाउनका लागि आर्थिक संकलन गर्न सबैसँग सामाजिक सञ्जाल मार्फत अनुरोध गरिएको बताए ।

बबिनालाई उपचारका लागि आर्थिक सहयोग गर्न ताजपुरीया संस्कृति उत्थान मञ्चले आर्थिक सहयोग गरेको छ । मञ्चका पदाधिकारीहरु बबिनाको घरेैमा पुगेर ३२ हजार २ सय ३५ रुपैयाँ सहयोग गरेका छन् । मञ्चका संयोजक चन्द्रप्रसाद ताजपुरियाले मलेसियाबाट जितेश ताजपुरीया र मोहन ताजपुरीयाको नेतृत्वमा संकलन गरीएको रकम घरैमा आएर हस्तान्तरण गरेका थिए ।

यसैबीच गम्भीर समस्याबाट पीडित बबिनालाई बचाउनको सामाजिक संघ संस्थाहरुमार्पmत अभियान सञ्चालन शुरु भएको छ । बबिनाको परिवारमा बुवा–आमा, एक दाजु र एक बहिनी रहेका छन् ।

Facebook Comments