स्थानीय खबर स्वास्थ्य

गौरादहका मृगौला रोग पिडित खनालको उपचारका लागि आर्थिक सहयोग जुट्दै

add

सान नेपाल
गौरादह, ३ असोज । गौरादह ९ दहगाउँका स्थायी बासिन्दा मृगौला रोग पिडित वोधराज खनालको उपचारका लागि आर्थिक सहयोग जुट्ने कार्य जारी रहेको छ ।

स्वदेश तथा विदेशबाट खनाल बचाउ अभियानमा सहयोग जुटेको छ । स्थानीयवासीहरुले खनाललाई बचाउन बोधराज खनाल उपचार सहयोग समिति गठन गरी आर्थिक संकलनको अभियान सञ्चालन गरेका हुन् । राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, संघ संस्थाहरु समेत आर्थिक संकलनका लागि जुटेका छन् भने संकलित रकम घरमै पुगेर हस्तान्तरण गरिरहेका छन् । यसै क्रममा गौरादह नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराईले खनालको घरमै पुगेर आप्mनो व्यक्तिगत तर्पmबाट नगद ११ हजार आर्थिक सहयोग गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएको खनाल परिवारले स्वास्थ्य उपचारको लागि सबैसँग सहयोगको लागि याचना गरिरहेका छन् । खनाल उपचार समितिका संयोजक भरत गौतमले खनाललाई थप उपचारका लागि ठूलो अस्पताल पठाउनुपर्ने भएकाले उपचारका लागि निकै मोटो रकमको आवश्यकता पर्ने बताउँछन् । पिडित खनालकी ७ वर्षकी आयुस्मा खनालको पनि सोही प्रकृतिको लक्षण देखापरेकोले खनाल परिवार चिन्तित भएका हुन् । एउटै घरमा एकै प्रकृतिका २ जना विरामी देखिएकाले उपचारका लागि सबैसँग आर्थिक संकलनमा सहयोग गर्न आग्रह गरेका छन् ।

उनका अनुसार हाल सम्म ५ लाख ६० हजार ३ सय ३ रुपैँया आर्थिक संकलन भएको बताए । यसै बीच सोही दिन वडाध्यक्ष सिताराम भट्टराई वैगुन्धुराकै मणिकलाल मुर्मुको घर पुगी आर्थिक सहयोग गरेका छन् । मणिकलालकी छोरी वर्ष ८ की ठकुरानी मुर्मुको सेतो मच्छेडले टोकी दयनिय अवस्थामा रहेकी विरामीलाई आर्थिक सहयोग स्वरुप ५ हजार ५ सय हस्तान्तरण गरेका छन् । आर्थिक अवस्था कमजोर भएका मणिकलाल मुर्मुले छोरीको ज्यान बचाईदिन आग्रह गरेका छन् । अध्यक्ष सिताराम भट्टराईले आर्थिक सहयोगको लागि सबै सँग आग्रह गरिसकेकाले सबैबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

बिरामीहरुलाई डाक्टरको सल्लाहअनुसार औषधी सेवन र नियमित चेकजाँच गर्न सल्लाह पनि दिएका छन् । आर्थिक अवस्था नभएकी र सुकुम्वासीको रुपमा लामो समय देखि वडा कार्यालयमा बस्दै आएकी झम्की दिदीको नामले चिनिने एक एकल महिलाको गत हप्ता निधन भएको थियो । उनको काजकृया खर्च वापत दिपक गिरीले २२ हजार, वार्ड अध्यक्ष सिताराम भट्टराईले १७ हजार, किरण भट्टराईले ५ हजार, गौरादह फर्निचर व्यवसायी संघले ५ हजार, प्रकाश कार्की ५हजार १ सय, कुन्दन गिरी ५ सय, भिम विजय बास्तोला ५ सय, लक्ष्मी बाराकोटी प्रसाईले १ हजार तथा हेमचन्द्र घिमिरे (राजु) ले २ हजार ५ सय नगद सहयोग गरेका छन् ।

Facebook Comments