शिक्षा स्थानीय खबर

भद्रपुरमा प्रतिभा प्रस्फुटन गराउँदै प्याब्सन, स्काउटको र्याली

add

भद्रपुर, ६ असोज । प्याब्सन भद्रपुर नगर समितिले विद्यालय तहमा रहेका विद्यार्थीको अन्तरनिहित प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ ।

नगर संयोजक डिल्ली दुलालको अध्यक्षता तथा प्याब्सन झपाका अगुवा व्यक्तित्व सुरेश राईको प्रमुख आतिथ्यमा भद्रपुर–४ स्थित इष्ट पोइन्ट अंग्रेजी माविको प्राङ्गणमा विविध कार्यक्रम सम्पन्न गरिएको हो । नगर क्षेत्रमा रहेका २० वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा चित्रकला, बतृत्वकला, हाजिरी जवाफ लगायत अतिरिक्त क्रियाकलापमा प्रतिष्पर्धा गरेका थिए ।

इष्ट पोइन्ट अंग्रेजी माविका प्रधानअध्यापक कपिल पौडेलका अनुसार स्थानीय तहमा प्याब्सनको अधिकार प्रत्यायोजन भए पश्चात पहिलो पटक नगर समितिले आफ्ना माताहतका विद्यार्थी बीच सामुहिक अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको हो ।

त्यसैगरी विश्व शान्ति दिवसको अवसर पारेर विद्यालय स्काउट दलले भद्रपुर नगरमा शान्ति तथा सद्भाव र्याली सम्पन्न गरेको छ । जिल्ला स्काउटका आयुक्त अरूण बस्नेतको नेतृत्वमा डोल्मा स्काउट दल, विदुर स्काउट दल, वीरेन्द्र स्काउट दल, सिग्मा स्काउट दलले शान्ति र सद्भावका लागि सचेतना मुलक र्याली सम्पन्न गरेको हो ।

Facebook Comments