मनोरञ्जन

चलचित्र ‘मालीका’को अफिसियल ट्रेलर सार्वजनिक

add

चलचित्र ‘मालीका’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको हो । चलचित्रको निर्देशन अभिनेत्री रेखा थापाले गरेकी छन् भने चलचित्रको मुख्य भूमिकामा पनि रेखा थापा स्वयम छिन् । चलचित्रले नेपाली समुदायमा हुने बालविवाह, बढ्दो बलात्कारका घटनाका कथा बोल्ने बताइएको छ ।

ट्रेलरमा अभिनेत्री रेखा थापा र कमला वलीलाई विशेष रुपले प्रस्तुत गर्ने प्रयास गरिएको छ । ट्रेलरमा नारीमाथिको अत्याचार र उसले त्यसविरुद्ध लिएको बदलालाई देखाउने प्रयास गरिएको छ । ट्रेलर रेखाको एक्सन र डायलगबाट भरिपूर्ण छ । चलचित्र कात्तिक १६ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्र ‘मालीका’रामशरण उप्रेतीको छायांकन रहेको छ । चलचित्रको निर्माताका रुपमा भने रेखाकी आमा सरस्वती थापा छिन् ।

पछिल्लो समय अन्य ब्यानरका चलचित्रबाट पर हटेकी रेखा आफ्नै ब्यानरमा चलचित्र निर्माण गर्दै आएकी छिन् । दर्शकले पनि रेखाले बनाएको चलचित्रलाई रामै्र साथ दिने गरेका छन् ।  रेखा थापा चलचित्र ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा फर्किएकी छिन् ।

Facebook Comments