अर्थ स्थानीय खबर

मेचीनगरमा अढाइ लाखको मरिचसहित दुई पक्राउ

add

बिर्तामोड, १५ असोज । झापाको मेचीनगरबाट प्रहरीले आज मरिच बरामद गरेको छ ।

मेचीनगर–४ प्रसादगौडास्थित मदन पाण्डेको घरमा लुकाइ छिपाइ राखेको अवैध मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अवैध मरिच लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पाण्डे घरमा छापा मार्दा ४५० केजी मरिच बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उक्त मरिचको बजार मूल्य रू २ लाख ५६ हजार ५०० रहेको छ ।

प्रहरीले मरिचसहित मेचीनगर–७ का ४६ वर्षीय गोपाल बुढाथोकी र मेचीनगर–४ का ४२ वर्षीय अम्बर थापामगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments