add
विचित्र विश्व

छोरीमाथि पैसा चोरेर भागेको आरोप, अनुसन्धानमा खुल्यो डरलाग्दो रहस्य

add

अमेरिकामा ४४ वर्षकी एक महिलाले आफ्नी १४ वर्षकी छोरीमाथि पैसा चोरी गरी भागेर बेपत्ता भएको आरोप लगाएकी थिइन् । तर अनुसन्धानमा निकै डरलाग्दो रहस्य खुलेको छ । ४४ वर्षकी सारा प्याकर नामकी ती महिला अमेरिकाको एबिंग्टनमा आफ्नी १४ वर्षकी छोरी ग्रेससँग बस्थिन् । छोरी ग्रेसलाई साराले २००७ मा आफ्ना पूर्वपतिसँग मिलेर धर्मपुत्री बनाएका थिए । पछि सारा पतिसँग छुट्टिएर ब्वाइफ्रेण्ड सुलिवनसँग बस्थिन् ।

एक दिन ग्रेस हराइन् । साराले ग्रेसले ३ सय डलर चोरेर भागेको भन्दै प्रहरीमा उजुरी गरिन् । जब प्रहरीले अनुसन्धान गर्दै गयो त्यसपछि उनको बलात्कार र हत्या भएको रहस्य खुल्यो । ग्रेसलाई आमाकै ब्वाइफ्रेण्ड सुलिवनले बलात्कार गरेर मारेका थिए । घटनाको दिन बलात्कार गर्नुअघि सुलिवनले सेक्स क्षमता बढाउनको लागि भियाग्रा औषधी खाएका थिए । त्यसपछि उनले बलात्कारको दृश्य भएका पोर्न भिडियो हेरेका थिए ।

बलात्कारपछि सुलिवनले ग्रेसलाई एउटा दराजभित्र बन्द गरे । पूरै घटनाको क्रममा सारा त्यहीँ थिइन् र उनको अगाडि यो सब भएको थियो । भोलिपल्ट सुलिवनले घाँटी थिचेर ग्रेसको हत्या गरे । त्यसपछि उनको शरीरलाई एउटा बोरामा हालेर लुकाएर राखे । त्यसपछि दुवैले ग्रेसले पैसा चोरेर भागेको भन्दै प्रहरीमा उजुरी दिए । त्यसपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यही घरमा उनीहरुसँगै अर्की महिला क्याथरिन अलब्राइट पनि बस्थिन् । क्याथरिनको पनि ती दुवैसँग यौन सम्बनध थियो । उनी त्यहाँ मल्टि पार्टनर रिलेशनशिपमा बस्थिन् ।

उता सुलिवनले ग्रेसको शवलाई टुक्रा टुक्रा पारेर जंगलमा फालिदिए । केही दिनमा प्रहरीले उनको शवमका टुक्राहरु भेट्यो । प्रहरीलाई उनै २ जनामाथि शंका भयो । प्रहरीले आफूहरुमाथि शंका गरेको थाहा पाएपछि सारा र सुलिवनले घरमै आत्महत्या गर्ने प्रयाससमेत गरे । तर, त्यही बेला उनीहरुकी अर्की पार्टनर क्याथरिन त्यहाँ पुगिन् र दुवैलाई बचाइन् । अस्पतालमा होस आएपछि सुलिवनले प्रहरी र नर्सको अगाडि आफ्नो अपराध स्वीकार गरे ।

सुmिवनले आफ्नो कर्तुत बताउँदै जाँदा त्यहाँ भएका नर्सहरुले बान्ता गर्न थाले र केही नर्सहरु बिरामी भए । सुलिवनका अनुसार सारा ग्रेसलाई घृणा गर्थिन् र उनलाई अनाथालयमै पठाउन चाहन्थिन् । यही कारण उनले आफ्नै प्रेमीबाट ग्रेसको बलात्कार गराएकी थिइन् । अहिले दुवै जेलमा छन् । अदालतमा अभियोग पक्षका वकिलले सुलिवनलाई मृत्युदण्डको सजाय दिन अपिल गरेका छन् । यस विषयमा अदालतले फैसला गर्न बाँकी छ । एजेन्सी

Facebook Comments