मनोरञ्जन

नवगायक मुस्कान मुकारुङको ‘प्रारम्भ’ सार्वजनिक

add

काठमाडौँ, २१ असोज । नवगायक मुस्कान मुकारुङको पहिलो गीतिएल्बम ‘प्रारम्भ’ सार्वजनिक भएको छ ।

नेपाली वाङ्मय परिषद् र सेवा इन्टरटेग्मेन्टले आज आयोजना गरेको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मुकारुङको सो गीतिएल्बम सार्वजनिक गरियो । “यो मेरो पहिलो एल्बम मात्र होइन, पहिलोपटक गाएको गीत पनि यसमा समावेश छ”, गायक मुकारुङले भन्नुभयो । आफूले तीन÷चार वर्षको अन्तरमा गीतिएल्बम सार्वजनिक गरेको उहाँ बताउनुहुन्छ । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ साहित्यकार बैरागी काइँलाले सङ्गीतमा गीतकार स्वयंलाई मात्र नभई अरुलाई पनि आनन्दित तुल्याउने क्षमता हुनुपर्ने बताउनुभयो । वरिष्ठ गायिका कुन्ती मोक्तानले गायकमा गीत रेकर्ड गर्ने र स्टेजमा गएर गाउने समयमा बाहेक अन्य समयमा आफूमा घमण्ड हुन नहुने बताउनुभयो ।

वाङ्मय प्रतिष्ठानका अध्यक्ष शशि लुमुम्बुले मुकारुङको पहिलो एल्बममा मौलिकपना झल्किएको भन्दै उहाँले आगामी दिनमा नेपाली सङ्गीतका क्षेत्रमा उचाइ लिनसक्ने बताउनुभयो । मुकारुङको एल्बममा ‘रोधी घरको’, ‘दौरासरी फाट्यो जीवन’, ‘चियाबारीको पात’ सँगै पाँच गीत सङ्ग्रहित छन् । उहाँको गीतमा सङ्गीतकार वसन्त मुकारुङ, पारस मुकारुङ, भीषण मुकारुङ, सुमन राई र कमल रसाइलीले सङ्गीत दिनुभएको छ ।

Facebook Comments