विशेष स्थानीय खबर

गौरादह–३ का तोलाङ्गी परिवारको दुखद कथा

add

सहायताको लागि अपिल
गौरादह, २२ असोज । ६० वर्षीय घनश्याम तोलाङ्गीको घर गौरादह –३ बरगाछी हो । गौरादहमा यो नामसँँग तपाईं त्यति परिचित हुनुहुन्न भने पनि माछापुच्छ्रे शु–सेन्टर (छालाको जुत्ता, चप्पल बनाउने पसल) गौरादह डिपुचोकबाट बजार जाने बाटोमा छ ।

तोलाङ्गी अहिले क्यान्सर रोग लागेर थलिनु भएको छ । आर्थिक अवस्था अत्यन्तै कमजोर । दैनिक हातमुख जोड्नै समस्या । एक वर्षदेखि हस्पिटल धाउँदा धाउँदा ऋणको ठूलो बोझ बीचमा अत्यन्तै दयनीय अवस्थामा वहाँ छट्पटी रहनु भएको छ । सधैँ हसिलो अनुहार पारेर जुत्ता चप्पल सिलाउदै कमाएको पैसाले बिहान बेलुका हातमुख जोड्ने तोलाङ्गी परिवारलाई अहिले अत्यन्तै ठूलो बज्रपात परेको छ ।

वहाँको छोरा गोबिन्द तोलाङ्गी रसाएका आँखा पुछ्दै भन्नुहुन्छ – ‘बुबाको यो अवस्था छ, पत्रकारले समाचार बनाइदिँँदा दाताहरूसम्म सजिलै पुग्ने सुनेको छु, मेरो बुबाको उपचारमा ठूलो सहयोग पुग्ने थियो ।’

‘वहाँले झापा अनलाइनको बारेमा सुन्नुभएको रहेछ । सान सर तपाईंले झापा अनलाइनमा समाचार बनाउँदा धेरैलाई सहयोग भएको देखेको छु, तोलाङ्गीका बारेमा पनि लेखिदिनुस न’, संचारकर्मीबाट विस्वासिलो सहयोग पाइने आशा गर्दै कमल खतिवडाले भन्नुभयो ।

यो तोलाङ्गी परिवारको दुखद कथा सुनेर तपाईंलाई आर्थिक सहयोग गर्ने इच्छा भएमा ९८५२६७६०९० (कमल खतिवडा) लाई सम्पर्क गर्नुहुन अनुरोध छ ।

Facebook Comments