विशेष स्थानीय खबर

बिर्तामोडमा ब्राउन सुगर तौलँदै गर्दा बाह्रदशीका तीन जना युवा पक्राउ

add

बिर्तामोड, २३ असोज । बिर्तामोड–२ स्थित चारपाने चोक दक्षिणबाट लागुऔषध ब्राउन सुगर तौल गरी स–सानो प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट १८ ग्राम ब्राउन सुगर र तौल गर्ने तराजुसमेत बरामद गरेको छ । पक्राउपर्नेमा बाह्रदशी–६ का २५ वर्षीय ध्रुव प्रधान, २५ वर्षीय भीमबहादुर चेम्जोङ र २५ वर्षीय भानुभक्त ढकाल रहेका प्रहरीले जनाएको छ ।

उनीहरुलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका अनारमनीले जनाएको छ ।

Facebook Comments