मनोरञ्जन

कोसँग विवाह गर्दैछन् त कपिल शर्माले ?

add

केही समयअघि सार्वजनिक खबरहरुमा भारतीय कमेडियन कपिल शर्मा छिट्टै नै उनको पुरानो चर्चित शो ‘द कपिल शर्मा शो’ लिएर टेलिभिजमा फर्किने बताइएको थियो ।उनको कार्यक्रमको लोकप्रियता खस्कँदै गएकोले च्यानलले कार्यक्रम बन्द गर्पछि डिप्रेशन र अत्याधिक रक्सीका कारण चिन्नै नसकिने गरि मोटाएका कपिलले अहिले आफूलाई फिट बनाइसकेका छन् ।

टेलिभिजनको पर्दाबाट एकाएक गायब भएका कपिल शर्मा फेरि पुरानै शो मार्फत फर्कने खबरले उत्साहित भएका उनका प्रशंसकहरुका लागि एउटा अर्को खुशीको खबर सार्वजनिक भएको छ ।मुम्बई मिररका अनुसार कपिल शर्मा उनकी प्रेमिका गिन्नी चतराथका साथ यही डिसेम्बर महिनामा विवाह गर्दैछन् । पञ्जाबी रीतिरिवाज अनुसार हुने विवाहको कार्यक्रम चार दिनसम्म चल्नेछ ।

विवाहमा उनका नजिकका साथीभाइ तथा आफन्त सहभागी हुनेछन् । विवाहको कार्यक्रम पञ्जाबमा रहेको कपिलको आफ्नै घरमा हुनेछ । कपिलको विवाहमा बलिउडका स्टार कलाकारहरु पनि सहभागी हुनेछन् । पञ्जाबको विवाहलगत्तै कपिलले मुम्बईमा पनि रिसेप्सन पार्टी आयोजना गर्नेछन ।कपिल शर्माले केही समयअघि उनकी प्रेमिका गिन्नी चतराथसँग प्रेममा रहेको खबर आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका थिए ।

Facebook Comments