add
विचित्र विश्व

सेल्फीले लियो ३ किशोरीको ज्यान

add

सेल्फी लिने होड पछिल्लो समय निकै खतरनाक बन्दै गइरहेको छ । यस्तो हुँदाहुँदै पनि आजका युवक सेल्फी लिन छोड्ने पक्षमा भने छैनन् । यस्तै होडले ३ किशोरीको दर्दनाक अन्त्य भएको छ । यी तीन साथीहरुले यस्तो सेल्फी लिन्छन् जुन उनीहरुको जीवनको अन्तिम सेल्फी बनिदिन्छ । फोटोमा देखिएको खुसी र रोमाञ्च केही पलमै समाप्त हुन्छ ।

उनीहरुले लिइरहेको सेल्फीमै उनीहरुको मृत्यु कैद हुन्छ । दुई दिदीबहिनी केलेसा, सवाना र उनीहरुकी साथी एरिकालाई नयाँ नयाँ ठाउँमा घुम्दै सेल्फी खिचेर सामाजिक संजालमा राख्ने सोख थियो । यो सोख सनकमा बदलिइसकेको थियो । उनीहरु जहाँ जान्थे थुप्रै सेल्फी लिन्थे । तर त्यो साँझ उनीहरुको जीवनकै अन्तिम साँझ बन्यो । यी तिनै जना इन्स्टाग्राममा फोटो अपलोड गर्थे । उनीहरुले फोनमा यस्तो सेटिङ मिलाएका थिए कि फोटोहरु खिचेपछि आफैं अपलोड हुन्थे ।

यस्तै एउटा फोटो यी तीनमा साथीले इन्स्टाग्राममा देखे । यो फोटोमा उनीहरु खुसीसाथ सेल्फी खिचिरहेका छन् । उनीहरुको दाहिनेतर्फ निकै तीव्र प्रकाश देखिन्छ । साथीहरुले भोलिपल्ट थाहा पाउँछन् कि यी तीनको त्यही ठाउँमा मृत्यु भयो । फोटोमा राम्रोसँग हेरेपछि थाहा हुन्छ कि दायाँतर्फ देखिएको प्रशाक एउटा मालवाहक ट्रेनको हेडलाइट थियो । त्यही ट्रेनको ठक्करले उनीहरुको मृत्यु भएको थियो ।

यो ट्रेन तीव्र गतिमा अगाडि बढिरहेको थियो । त्यसकै अगाडि यी किशोरीहरु लिकमै उभिएर सेल्फी लिँदै थिए । त्यही ट्रेनको ठक्करका कारण उनीहरुको मृत्यु भयो । उनीहरुले सेल्फी लिँदै गर्दा अर्को लिकबाट आइरहेको ट्रेनका ड्राइभरले उनीहरुलाई चेतावनी दिएका थिए । तर उनीहरुले यसतर्फ ध्यान दिएनन् ।एजेन्सी

Facebook Comments