स्थानीय खबर

भद्रपुरमा मिनी महोत्सव

add

भद्रपुर, २४ असोज । दशैं लक्षित गरी भद्रपुरमा मिनी महोत्सव सुरु भएको छ । एक्टिभ मिडिया काठमाडौँको आयोजनामा भद्रपुर दशैं महोत्सव’ नाम दिएर कामेश्वर मार्केट भद्रपुरमा मिनी मेला सुरु गरिएको हो ।

असोज २४ गतेदेखि ३० गतेसम्म चल्ने सो महोत्सवमा नेवारी परिकार तथा संस्कृतिलाई बढी महत्व दिने गरी विभिन्न २५ प्रकारका खानाका परिकार, स्थानीय कलाकारद्वारा साँगीतिक कार्यक्रम, लत्ताकपटा, सुनचाँदी, टि भी फ्रिज, भाँडावर्तन लगायतका स्टल रहने छन् ।

आयोजक संस्थाकी प्रबन्धक उमा श्रेष्ठका अनुसार भद्रपुरको व्यापार चहल पहलका लागि महोत्सव फलदायी हुने छ । भरत केन्द्रित स्थानीय नागरिकको सोच परिवर्तनमा यो महोत्सव फलदायी बनी भद्रपुरमा वयापारिक कारोवार बढ्ने आयोजकको दाबी छ ।

Facebook Comments