शिक्षा स्थानीय खबर

झापामा मदरसा शिक्षा तालिम

add

सुरुङ्गा, २४ असोज । झापाका विभिन्न मदरसाहरुमा अध्यापन गराउँदै आएका शिक्षक मोलबीहरुका लागि तीन दिने आधारभूत उर्दू नेपाली पाठ्यक्रमका बारेमा प्रशिक्षण सम्पन्न भएको छ ।

झापा गाउँपालिकास्थित टाघनडुब्बा स्रोत केन्द्रमा भएको तालिममा जिल्लाका २५ मदरसाका शिक्षक मौलबीहरुको सहभागिता रहेको थियो । जिल्ला मदरसा समिति झापाको आयोजनामा सम्पन्न तालिममा सहभागी शिक्षकहरुलाई नसरुल्लाह मुनादी नेपाल शिक्षक महासंघ झापा गाउपालिकाका अध्यक्ष जगन्नाथ राजवंशी डिल्लीराज माविका प्रअ भगदेव राजवंशी स्रोत व्यक्ति खड्गप्रसाद खरेल, मुस्लिम शिक्षाविद वासेद अली, पशुपतिलाल गणेश, समाउल हक र कलाम शेख लिगायातका शिक्षाविदहरुले सहभागि मदरसा शिक्षकलाई पाठ्यक्रम र समसामयिक विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

यस क्षेत्रमा रहेका मुस्लिम बालबालिकाहरुका लागि आवासीय तथा आंशिक दुबै तरिकाले मदरसा शिक्षा दिइँदै आएको छ । मदरसा शिक्षालाई समेत समयानुकूल बनाउँदै लैजान यस प्रकारको तालिमको आयोजना गरिएको जिल्ला मदरसा समिति सचिव सफिउल्ला अन्सारीले बताउनुभयो ।

Facebook Comments