विशेष स्थानीय खबर

दशैंको मुखमा मेचीनगरमा यस्तो घटनाः हतियार र विस्फोटकसहित दुई पक्राउ

add

बिर्तामोड, २५ असोज । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई मेचीनगर–६ बाट असोज २२ गते पक्राउ गरेको हो ।

‘भारतीय डब्यूबी १७४२७००१ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा लागुऔषध भेटियो’, उहाँले भन्नुभयो, ‘नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको घरमा चेकजाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित गैरकानूनी सामग्री फेला प¥यो ।’

प्रहरीले लिम्बूको घरबाट एक केजी पाँच सय ग्राम लागुऔषध चरेस, विष्फोटक पदार्थ लोला ९ थान, फ्युज, केप, तारसहित डिटोनेटर ४० थान, एक थान नक्कली पेस्तोल, सानो पिस्तोलमा फिट हुने फलामको म्याग्जिन एक थान, ४४० ग्राम बारुद, नक्कली सुनजस्तो देखिने एक थान औठी, एक थान चेन बरामद गरेको छ ।

त्यस्तै, आर्मी कलरको कम्ब्याट दुई थान, संघीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोही परिसद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पञ्चिङ मेसिनलगायतका कागजातहरू, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमति, दुई सेट मोबाइल फोन र एक थान करशेन बरामद गरिएको जिप्रका झापाले जनाएको छ ।

Facebook Comments