अर्थ विशेष स्थानीय खबर

गौरादहका पाँच युवाले खोले उद्योग

add

सान नेपाल
गौरादह, २५ असोज । युवाहरुको विदेशमोह बढ्दै गएको समयमा झापा गौरादहका युवा आप्mनै ठाउँमा विकल्प खोज्न थालेका छन् । कृषि, पशुपालन, उद्योग–व्यवसाय सञ्चालन गरेर यहाँका युवा आत्मनिर्भर बन्दै गएका हुन् ।

यहाँका केही युवाले संयुक्त लगानीमा गौरादह नगरपालिका–४ स्थित जोरघरेमा सरसफाइका सामग्रीको उत्पादन शुरु गरेका छन् । के एण्ड के ग्रुपको नामक यस उद्योगले पहिलो चरणमा शौचालय सफाई गर्ने र भुइँ सफाइ गर्ने सामग्रीको उत्पादन शुरु गरेको छ ।

पाँच युवाको रू १० लाखको लगानीमा उद्योग सञ्चालनमा आएको हो । उद्योगमा दुर्लभ काप्mले, पंकज कार्की, सुमन काप्mले, विवेक गिरी र नगेन्द्र कार्कीले लगानी गरेका छन् ।

उद्योगबाट ‘के एण्ड के फिनेल’ र ‘न्यू ड्राइगन प्लस’ शौचालय सफा गर्ने सामग्रीको उत्पादन शुरु गरिएको सञ्चालक दुर्लभ काफ्लेले बताउनुभयो । ‘सफाइ सामग्री उत्पादन गरेर परीक्षणपछि बजारमा पु¥याएका छौँ’, उहाँले भन्नुभयो, ‘बजारबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।

आफूहरुले उत्पादन गरेको सामग्रीको गुणस्तरीय र अन्य फिनेलभन्दा किफायती भएको अर्का सञ्चालक पंकज कार्कीले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उत्पादनहरु निकै सस्तो र सुलभ भएकाले ग्राहकको विश्वास जित्न खासै समय नलाग्ला ।’

उद्योगबाट उत्पादित वस्तु पहिलो चरणमा प्रदेश नं. १ का सबै स्थानमा पु¥याउने लक्ष्य रहेको सञ्चालक विवेक गिरीले बताउनुभयो । ‘झापा, इलाम, ताप्लेजुङ, पाँचथर, इलाम लगायतका जिल्लामा पु¥याएका छौँ’, उहाँले भन्नुभयो, ‘बजार विस्तार गर्दै जाने छौँ ।’

आप्mनो गाउँघरमा रहेका प्रचुर सम्भावनालाई नदेखी विदेशिने गरेका युवाका लागि यस्ता उद्योगले सकारात्मक सन्देश दिने स्थानीय शिक्षक योगेश न्यौपानेले बताउनुभयो । ‘मिलेर काम गर्दा गाउँघरमै सुन फल्छ’, उहाँले भन्नुभयो, ‘मेहनतसँगै विश्वास र धैर्यताको आवश्यक छ ।’

Facebook Comments