पथरी, २५ असोज । मोरङको पथरीशनिश्चरे–१० स्थित आफनै घरबाट मंगलबार दिउँसो ३ बजे हराएकी बालिका सामुहिक बलत्कारको शिकार भएकी छन ।
पुलचौक निवासी साथी बिपना महराले मेरो जन्मदिन छ भन्दै घरमा आई बोलाएर महराले २ जना केटाहरुसंग आएर लगेको छिमेकीहरुले देखेका थिए । महराले जंगलमा लगेर निगार स्थानीय भाषामा मदिरा खुवाएर जबरजस्ती बलत्कार गरेको पीडित बालिकाले बताएकी छन् ।
आमा अर्कैसंग पोइला गएकी र बाबू अरुकोमा हली बस्दै आएका कारण पीडित बालिका मावलीमा बस्दै आएकी थिईन् । स्थानीय बिद्यालयमा कक्षा–६ मा अध्यायन गर्दै आएकी १३ वर्षीया ती बालिकालाई एउटा मोटरसाईकलमा आएका पथरीशनिश्चरे वडा नं. ९ का राजकुमार माझी र पथरीशनिश्चरे वडा नं. १ का मनोज राईले पथरीशनिश्चरे वडा नं. २ को जङ्गलमा लगि बलत्कार गरेको पिडितले बताएकी छिन् ।
निगार खुवाएर नशा लागेपछि २ जनाले बलत्कार गरी सोही स्थानको मन्दिरमा राखी बुधबार ३ बजे घर छेउमा ल्याएर छोडेका थिए । बालिकाको रातभर खोजी भएको थियो । बिपना महराको घरमा खोज्न जाँदा दुई केटासंग गएकी भन्ने थाहा पाएपछि राजकुमार माझीको घरमा बुधबार खोज्न जाँदा हप्कीदप्की गरी पठाएको छिमेकी उर्मीला नेपालीले बताइन् ।
बालिका हराएको प्रहरीलाई खवर गर्दा प्रहरीले पनि चासो नदिएको छिमेकीहरुले गुनासो गरेका छन् । पीडित बालिका बलत्कृत भएपछि घरमा आई आफू बलत्कृत भएको कुरा बताएपछि बलात्कारमा संलग्नहरुलाई घरमै गएर प्रहरीको सहयोगमा पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यलय पथरीमा राखिएको छ । पीडित बालिका बलत्कारमा संलग्न पक्राउ परेपछी बेहोस भएको र उनको पथरी हस्पिटलमा प्राथमिक उपचार पछि स्वास्थय परिक्षणको लागि बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।