काठमाडौं, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।
गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् ।
निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल निवासमा आफन्तसँग टीका लागाउने कार्यक्रम तय भएको छ ।
त्यसपछि दिउँसो ३ बजेदेखि निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।