धर्म गौतम
नेपालीहरुले दशैं कहिलेदेखि मनाउन थालेका हुन् भन्ने कुराको अनुमान समाज शास्त्रीहरुले लगाउलान् । भनिन्छ पहिले दशैं चैतमा मनाइन्थ्यो, त्यो मौसम उपयुक्त नभएकाले दशैंलाई यता अर्थात् असोजतिर सारियो । चैते दशैं भनेर मान्ने चलन अद्यापि छ । त्यो रामनवमीसँग जोडिन पुग्छ । त्यसैले यसलाई रावण वधसँग पनि जोडियो होला ।
मौसमका हिसावले दशैंताकाको मौसम राजा मौसम हो । त्यसैले दशैंले रमाइलो मौसमको विम्ब समेत दिन्छ । झरी उघ्रिएर झलमल्ल घाम लागे भने ‘दशैं जस्तै पो भयो त’ भन्ने गरिन्छ । दशैंले अर्को अर्थ दिन्छ, मोजमज्जाको अवसर भन्ने । कुनै अवसर वा सुविधा विशेषरुपमा उपलब्ध भयो भने ‘तेरो त दशैं आएछ’ वा ‘तेरो त दशैं पल्टिएछ’ भन्ने गरिन्छ ।
कविहरुले पनि दशैंको चर्चा गर्दा मौसम, आराधना र रमाइलोको प्रसङ्ग झिकेको पाइन्छ । दशैं सम्बन्धी चर्चित कविताको थालनीमै भनिएको छः
हट्यो सारा हिलो मैलो
हरायो पानीको बर्षा
भवानीको भयो पूजा
भयो आनन्दको चर्चा ।
दशैं मिठो खाने, राम्रो लाउने मात्रै होइन स्वच्छ र सफा रहनु पर्छ भनेर सन्देश दिने पर्व पनि हो । त्यसैले त दशैंमा घर पोतिन्छ, रंगरोकन गरिन्छ र बाटाघाटा समेत मरामत गरिन्छ । रमाइलो गर्नलाई पिङ थापिन्छ । दशैंमा यी भौतिक सुविधाका कुरा मात्रै गरिँदैन आद्याशक्ति भगवतीको आराधना समेत विशेष रुपले गरिन्छ । भगवतीको पूजा मातृ शक्तिको पूजा हो । हुनसक्छ, लैंगिक समानतालाई प्रेरित गर्न यसको थालनी भएको होस् । यसरी हेर्दा दशैं केवल संस्कृति नभएर आपैmमा एउटा सभ्यता हो ।
दशैं, पुर्खा अथवा अग्रजको सम्मान गर्ने पर्व पनि हो । त्यसैले आप्mना कूलका अग्रजहरुकहाँ गएर टीका थापिन्छ । चेलीहरु माइति जान्छन्, माइतिमा अनुजहरुमात्रै भए पनि । झट्ट हेर्दा यसले पितृ सत्तात्मक समाजलाई पनि दर्साउला तर साथ साथै यसले कूलको सम्झना पनि गराउँछ । माइतिघर आखिर आप्mनो जन्मघर हो, महिलाहरुको पनि । आप्mनो इतिहासतिर दृष्टि लगाउनाले आप्mना संस्कृति र परम्पराको सम्झना गराउँछ ।
मावल गइन्छ, यसले आमा पक्षका पुर्खाका प्रति सम्मान प्रकट गर्दछ । छोरीपट्टिका नातानातिनालाई, पाउना भएर पनि होला, देउता सरह मानिन्छ । मामाहरुले भाञ्जा भाञ्जिलाई त झोलीको देउता नै भन्दछन् । झोलीको भनेको आप्mनै मात्रै भनेको होला, विशेषरुपमा आप्mनो हक दावी गरिएको होला अथवा साह्रै प्रिय मानिएको होला ।
एक हिसाबले हेर्दा दशैं मुख्यतः बालबालिकाको, किशोर किशोरीको चाड जस्तो पनि लाग्छ । यसमा सबैभन्दा बढी रमाउने उनीहरु नै हुन् । अहिले यी हरफ लेख्दैगर्दा पंक्तिकारलाई पनि दशैंसँगका सम्झना आप्mनो त्यही वयका बढी आउँछन् । अलिक पाकालाई दायित्ववोधले थिच्न थाल्दछ होला, जिम्मेवारी बढ्दै जान्छ र जीवनको रमाइलो पनि घट्दै पो जान्छ कि भन्नु जस्तो ।
दशैंको अवसरमा विशेष सामग्रीका रुपमा लेख्ने लेखक लेखिकाहरुले पनि आप्mनो बाल्यकाल र किशोरावस्थाका सम्झनाहरु नै बढी व्यक्त गरेको देखिन्छ । अभावका बीचमा भएका प्राप्तिको चर्चा गरिएको हुन्छ । मीठो खाएको, राम्रो लाएको, मवल गएको, दक्षिणा थापेको । यस्ता कुरामाथि बिचार गर्दा, हामी भौतिकरुपले सम्पन्न हुँदै जादा हाम्रो समृद्धिसँगै कतै यो दशैंको महत्व त सिद्धिँदैन भन्ने पिर समेत लाग्छ । हिजो आज नै हाम्रा पालाको जस्तो नयाँ लुगाको महिमा घटेको छ । मीठो खाने कुरा सधैं खाएकै जस्तो त हो भन्ने पर्न थालेको छ । दशैंका समयमा अन्यत्र यात्रामा जाने चलन बढ्दैछ ।
यसो बिचार गरिल्याउँदा दशैं त पाकाहरुका लागि सम्झनाको पर्व पो रहेछ । पुराना दिनका, बाल्यकालका, किशोरावस्थामा मनाइएका दशैंहरुलाई स्मृतिमा उग्राएर रमाइलो मान्ने चाड हुँदो रहेछ पाको हुँदै गएपछि । अहिलेको पुस्ताले तीन चार दशकपछि दशैंको सम्झना कसरी गर्छन् होला ? हुन त त्यस बेलासम्म दशैं मनाउने शैलीमा निकै परिवर्तन आइसकेको हुँदो हो र पुरानो पुस्ताले आप्mनै पालाको दशैं सम्झेर रमाइलो मान्दा हुन् । आखिर समय आपैm एउटा अनुभूतिको संगालो हो आप्mनो कालखण्डको हामी मानिसका लागि ।
दशैं पारिवारिक एकताको पर्व पनि हो । काम विशेषले वा पेशा व्यवसायले बर्षैभरी घरबाट टाढा रहेकाहरु दशैंमा घर फर्किनु यस चाडको अर्को महत्वपूर्ण पक्ष हो । अरु बेला विविध कारणले साधारण मनमुटाव भएका परिवारका सदस्यहरु, दाजुभइहरु पनि दशैंमा आपूmभन्दा अग्रजकहाँ जान्छन्, टीका र आशीर्वाद थाप्छन् । सम्वन्धहरुले नयाँ आयाम लिन्छन् । यस्तै एकताले आफन्तजनको प्रेमलाई प्रगाढ बनाउँछ, बनाउँदै आएको छ ।
दशैं पुस्तान्तरलाई साँघु¥याउने एउटा अवसर पनि हो । नातानातिनाहरु हजुबा हजुरआमासँग साक्षात्कार गर्न पुग्दछन् । उनीहरुका परम्परागत शैली र स्वभावसँग परिचित हुन पाउँछन् नयाँ पुस्ताका सदस्यहरु । गाउँघर हेरेर नयाँ अनुभव र अनुभूति सँगाल्ने अवसर प्राप्त गर्दछन् शहरतिर हुर्केकामध्ये कतिले ।
नेपालीहरुको सबैभन्दा ठूलो चाड हो दशैं । यस चाडको अरु चाडभन्दा भिन्न विशेषता छ । सामान्यतया कुनै पनि चाड पर्वमा निम्तो नपाइकन अरुका घरमा जाने चलन हामीकहाँ पनि छैन तर दशैं यस परम्परामा अपवादका रुपमा आउँछ । दशैंमा बिना निम्ता, बिना सूचना नै अनुजहरु अग्रजकहाँ पुग्दछन् । अरु अरु संस्कृतिमा यस्तो चलन सायदै होला ।
नातामा मात्रै होइन, दशैंमा आप्mनो गाउँ ठाउँका प्रतिष्ठित मान्यजनकोमा समेत गएर आशीर्वाद थाप्ने चलन छ । गाउँघरमा त यस्तो सामाजिक सम्बन्धलाई मितेरी साइनाले समेत एकापसमा बाँध्ने गरेको थियो । तर यताआएर मित लगाएको, मितेरी सम्बन्ध कायम गरेको जस्ता कुरा घट्दै गएका छन् भने सहपाठी र सहकर्मीहरुबीचमा यस्तो सम्बन्ध बढ्दै गएको देखिन्छ ।
आपूmभन्दा ठूलाकोमा जाँदा सामान्यतः खालि हात जाइँदैन, केही न केही, खासगरी खाने कुरा लिएर जाने गरिन्छ । यसरी लगिने वस्तुलाई कोसेली भनिन्छ । दशैंमा पनि कोसेली त लगिन्छ नै तर त्यसको विशेष नाम छ, त्यो हो सिसार । गच्छे अनुसार फलपूmल, पक्वान्न, मीठाइ आदिको सिसार बनाइन्छ । यही सांस्कृतिक परम्परालाई कोकाकोला जस्ता पेयले विशेष ब्राण्ड समेत बनाउन थालेका छन् अचेल ।
खाना र कामबीच गहिरो सम्बन्ध छ । जति गरिष्ठ खाना उति नै कडा परिश्रम भयो भने त्यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर हिजोआज, खासगरी शहर बजारतिर विाना शारीरिक परिश्रमको गरिष्ठ खानाले स्वास्थ्य समस्याहरु बढाउने गरेको पाइन्छ । दशैंमा यस पक्षमा ध्यान दिन एकदमै आवश्यक भएको छ । त्यसैले स्वास्थ्य क्षेत्रका जानकारहरु दशैंका अवसरमा विशेष लेखहरु प्रकाशित गरेर मानिसलाई सजग गराउने प्रयास गर्दछन् ।
उहिले यस्तो थिएन । अधिकांश मानिस गाउँमा हुन्थे । खेतबारीमा काम गर्थे, बलका काम गर्थे र खाएको सजिलै पच्दथ्यो । एक विज्ञ चिकित्सकले भनेको सम्झन्छु– नखानुस् त म भन्दिन तर खाएको कुरा पच्नेगरी काम, कसरत वा व्यायाम गर्नुस् भन्छु ।
अचेल दशैंसँग अत्यधिक मासु, मदिरा र तासका कुरा पनि आउँछन् । यस्ता तामसी कृत्यको बिरोधमा छ दशैं । भगवतीले वध गरेका राक्षस कुनै अजीव प्राणी नभएर तामसी प्रवृत्ति भएका मनुवाहरु नै हुन सक्दछन् । स्वास्थ्यकै दृष्टिले पनि ती कुरालाई नियन्त्रणमा राख्दा सबैलाई फाइदै हुन्छ ।
माथि नै भनियो, दशैं एउटा सभ्यताको रुपमा समेत देखिन्छ । त्यसैले समयक्रममा यसमा आवश्यक्तानुसार सुधारहरु पनि गर्न सकिन्छ । अनावश्यक तडक भडक गरेर यसलाई बोझ हुनबाट जोगाउनै पर्दछ । तल्लो वर्गलाई दशैं दशा नबनोस् भन्नेतिर सजग हुनै पर्दछ । घाँटी हेरी हाड निल्ने उखान दशैका सन्दर्भमा पनि उपयोग गरियो भने त्यसले अहित कसैको गर्दैन । यसपालिको दशैं सबैका लागि सुख र शान्तिको चाड बनोस्, सबैमा शुभकामना !
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।