
झापा, ३१ साउन (एजेन्सी) । इन्टर मियामीले फिलाडेल्फियालाई हराउँदै लिग्स कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मियामी ४–१ गोलले विजयी बनेको हो ।
खेलको तेस्रो मिनेटमा नै जोसेफ मार्टिनेजले मियामीलाई अग्रता दिलाएका थिए । २० औँ मिनेटमा ३६ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मेस्सीले टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा जोर्डी अल्बाले मियामीका लागि तेस्रो गोल गरे ।
दोस्रो हाफको ७३ औँ मिनेटमा अलेहान्द्रो बेडोयाले फिलाडेल्फियाका लागि एक गोल फर्काए पनि ८४ औँ मिनेटमा डेभिड रुइजले मियामीका लागि चौथो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै मियामी शनिबार हुने फाइनल खेलमा प्रवेश गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।