add
राजनीति शीर्ष खबर स्थानीय खबर

नेकपामा नयाँ धार छैन: नेता खनाल

add

बनियानी, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनालले नेकपामा नयाँ धारको कुरा निराधार भएको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘बाहिर आएको कुरा बाहियात र निराधार छ’, उहाँले भन्नुभयो, ‘नेकपामा कुनै नयाँ धार छैन ।’

तल्लो र वर्गीय संगठन भंग भएकाले पार्टी भित्र केही असन्तुष्टि रहेको उहाँले उल्लेख गर्नुभयो । ‘नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लखौँ समर्थक छन्’, उहाँले भन्नुभयो, ‘उहाँहरु अहिले असंगठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।’

पार्टी एकताका लागि काम भइरहेको बताउँदै नेता खनालले स्थायी समितिको बैठक पछि एकता प्रक्रिया अघि बढ्ने बताउनुभयो । ‘पार्टी एकीकरणको विकल्प छैन’, उहाँले भन्नुभयो, ‘एकता एकदम नजिक छ, चाँडै एकता हुन्छ ।’ एकता प्रक्रिया ढिलो हुनुमा नेतृत्वको केही कमजोरी समेत देखिएको उहाँले उल्लेख गर्नुभयो ।

सामन्तवादको अन्त्य, संविधान निर्माण, लोकतान्त्रिक गणतन्त्र स्थापना लगायतका ऐतिहासिक प्रक्रियाबाट मुलुक अघि बढिरहेका बताउँदै वरिष्ठ नेता खनालले देश अहिले नयाँ उचाइमा आएको बताउन्ुभयो ।

तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भन्नुभयो, ‘जनता सरकारको काममा त्यति सन्तुष्टि हुन सकेका छैनन्, सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।’ सरकार र पार्टीको समीक्षा गर्न आफूहरु लागिरहेको समेत उहाँले जानकारी दिनुभयो । सन्तोष

Facebook Comments