
झापा, ९ भदौ । चेल्सीले प्रिमियर लिगमा पहिलो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा चेल्सीले लुटन टाउनलाई ३–० गोल अन्तरले हराउँँदै फाराकिलो जीत निकालेको हो ।
चेल्सीको जीतमा राहिम स्टर्लिङले दुई गोल गर्दै टोलीको जीत सुनिश्चित गरेका थिए भने निकोलस ज्याक्सनका लागि खेलको तेस्रो गोलको अवसर पनि स्टर्लिङले नै सिर्जना गरेका थिए । जीतपछि टोली लिगको आठौँ स्थानमा उक्लिएको छ । टोलीको ४ अंक रहेको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।