
भद्रपुर, २४ भदौ । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्म जयन्तिको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
११० औँ वि पि जयन्तिको अवसरमा भद्रपुरमा विपिको राजनीतिक तथा साहित्यिक योगदानको चर्चा गर्दै विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो । नेपाली काँग्रेस भद्रपुर नगर समितिको आयोजनामा भद्रपुर १० चन्द्रगढीको विपि चौकमा रहेको शालिकमा माल्यार्णपर्ण गर्दै प्रवचन सम्पन्न भएको थियो ।
नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति केशवराज पाण्डे, भद्रपुर नगर प्रमुख गणेश पोखरेल लगायतले विपिको राजनीतिक योगदान तथा साहित्यिक योगदानको चर्चा गरेका थिए । कार्यक्रम संचालन नगर सचिव अनिता रिजाल, स्वागत मन्तव्य उप–सभापति भरत चन्द्र गुरुङले गरेको कार्यक्रममा नेपाली काँग्रेस प्रति आस्था राख्ने विभिन्न वयक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।