बिर्तामोड, २५ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका बीच नगरपालिकालको आर्थिक वर्ष २०८०÷०८१ नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर विकास योजना पुस्तिका सार्वजनिक गरिएको हो ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरुले नगर विकास योजना पुस्तिका सार्वजनिक गर्नुभयो । कार्यक्रममा नगरप्रमुख महताराले सबै पक्षको साथ र सहयोगबाट नगरको समग्र विकास हुने बताउनुभयो ।
यसैबीच, बिर्तामोड नगरपालिकको आर्थिक ऐन २०८० पहिलो संशोधन विधेयक पास समेत भएको छ । नगरसभाको विशेष अधिवेशनले आज यसअघि पेश गरेको आर्थिक ऐनलाई संशोधनसहित पास गरेको हो ।
नगरप्रमुख प्रसाईंको अध्यक्षतामा बसेको विशेष अधिवेशनमा नगर उपप्रमुख नगेन्द्र संग्रौलाले संशोधित ऐन प्रस्तुत गर्नुभएको थियो । नगरपालिकको आर्थिक ऐन २०८० मा नगरपालिकाले लगाउने सम्पत्ति करका क्षेत्र र दरहरु, भूमिकर, मालपोतको क्षेत्र र दरहरु अघिल्लो वर्षको आर्थिक ऐन २०७९ बमोजिम हुने गरी व्यवस्था गरिएको छ ।
यसैबीच, नगरपालिकाले सेवा निवृत्त दुई जना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको छ । सिनियर अनमी पवित्रा संग्रौला र कार्यालय सहयोगी दुर्गाप्रसाद बराललाई आज सम्मानसहित बिदाइ गरिएको हो ।
उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने लगायतले दोसल्लासहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।