
झापा, २५ भदौ । झापाको बिर्तामोड–४ स्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ९२ जना शेयर सदस्य तथा उनीहरुका परिवारलाई ८ लाख ४४ हजार ६ सय रुपैयाँ उपचार सहयोग तथा राहत रकम प्रदान गरेको छ ।
संस्थाले चालु आर्थिक वर्ष चालु आर्थिक वर्ष २०८०÷८१ मा भदौ १५ गते सम्ममा उक्त रकम सदस्य तथा तीनका परिवारलाई प्रदान गरेको हो । राहत कोष अन्तरर्गत मृत्य भएका सदस्यको कर्जा मिनाह, स्वास्थ्य उपाचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका राहत सेवा सुविधा अन्तरगर्त सदस्यलाई निरन्तर रुपमा सहयोग प्रदान गरिंदै आएको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले जानकारी दिए ।

संस्थाले शेयर सदस्यहरुलाई निरन्तर रुपमा औषधी उपचार खर्च प्रदान गर्दै आएको उनले बताए । संस्थाले झापा , मोरङ, इलाम र पाँचथर जिल्लाका ५० वटा सेवाकेन्द्रहरुबाट भैपरी आउने तथा विभिन्न रोगहरुबाट बिरामी भई उपचार गराइरहेका सदस्यहरुलाई औषधी उपचार खर्च दिँदै आएको छ । सोही कार्यक्रम अन्तरर्गत संस्थाले लक्ष्मीपुर सेवा केन्द्रका सदस्य बिर्तामोड–३ का रबिन कोइरालालाई ३६ हजार प्रदान गरेको छ ।
पथरीयाको शल्यक्रिया गरेका सदस्य कोइरालालाई एक संक्षिप्त कार्यक्रमकाबिच शनिबार बिर्तामोड सेवा केन्द्रमा संस्थाको जोखिम विभाग प्रमुख विजय बस्नेत, बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनाल, लक्ष्मीपुर सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराई लगायतले उक्त रकम प्रदान गरेका हुन् ।
संस्थाका कार्यकारी प्रमुख बस्नेतका अनुसार संस्थाले गत आर्थिक बर्ष २०७९÷८० मा १ हजार ३५३ जना शेयर सदस्य तथा तिनका परिवारलाई १ करोड ४२ लाख ४२ हजार रुपैंया उपचार सहयोग राहत रकम प्रदान गरेको छ ।

संस्थाको सदस्य उपचार राहत सुविधा नीतिमा उल्लेख भएअनुसार सदस्यलाई उपचार सहयोग राहत रकम प्रदान गरिंदै आएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । संस्थाले शेयर सदस्य र तिनका परिवारलाई उपचार सहयोग राहत रकम प्रदान गर्ने कार्यलाई निरन्तरता दिंदै लगेको उनले बताए । संस्थाको सदस्यले वार्षिक रुपमा ६१० रुपैयाँ रकम बुझाएपछि र नियमित कारोबार गरेपछि उक्त सुविधा पाउने संस्थाले जनाएको छ ।
२०६७ सालमा स्थापना भएको संस्थामा हाल ५९ हजार ८ सय ६३ जना शेयर सदस्य रहेका छन् । झापा , मोरङ, इलाम र पाँचथर गरी ४ जिल्लाका ५० वटा सेवा केन्द्र मार्फत संस्थाले सेवा प्रवाह गरिरहेको छ ।
संस्थाले सदस्यको मृत्यु भएमा उसले लिएको कर्जा मिनाह गर्ने, सदस्यको औषधि उपचार खर्च बढीमा ५० हजार सम्म बेहोर्ने, विभिन्न किसिमका शल्यक्रिया गरेका सदस्यलाई बढीमा ५० हजारसम्म, सुत्केरी खर्च बापत बढीमा ५० हजार सम्म, प्राणघातक रोग लागेमा १ लाख रुपैयाँँसम्म संस्थाले उपलब्ध गराउँदै आएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।