
झापा, २९ भदौ । श्रीलंका एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो ।
अब उपाधिका लागि भारत र सह—आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ । वर्षाका कारण खेल ४२—४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर दुई सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।