
शिवसताक्षी, १ असोज । झापाको शिवसताक्षी नगरपालिकामा भएको अन्तर पालिका वत्तृmत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिकाकी खन्जना राजवंशी प्रथम भएकी छिन् ।
५९ औं बाल दिवसको अवसरमा जिल्ला बाल सञ्जाल झापाको आयोजजनामा भएको बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी विषयक अन्तरपालिका वत्तृmत्वकला प्रतियोगितामा कचनकवल गाउँपालिका स्थित कचनकवल विद्या मन्दिरमा अध्ययरत छात्र खन्जना राजवंशी प्रथम भएकी हुन् ।
त्यस्तै प्रतियोगितामा गौरादह नगर नगरपालिकाको जनता माविमा अध्ययरत छात्रा लीला खत्रीले द्वितीय स्थान हासिल गरेकी शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।

प्रतियोगिताको तृतीय स्थानमा बुद्धशान्ति गाउँपालिकाकी जेइविएसमा अध्ययरत छात्रा जिज्ञासा श्रेष्ठ र सान्त्वना स्थान दमक नगरपालिकाकी प्राप्ति काफ्ले र हल्दिबारी गाउँपालिकाका विशाल वनले प्राप्त गरेका थिए । उनीहरुले क्रमशः नगद १० हजार, ८ हजार, ६ हजार र सान्तवना ३ ÷३ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ। विजेतालाई र प्रत्योगीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्याप्सन अध्यक्ष राम सुहाङ्गलगायत अतिथिहरुले प्रमाण–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा ११ पालिकाका १९ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रम जिल्ला बाल सञ्जाल झापाको आायोजना तथा शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।