
झापा, १ असोज । बिना बिलको २४० केजी मरेको माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
आइतबार झापाको मेचीनगर नगरपालिका–१३ चारआली स्थित प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, कोशी प्रदेश मत्छे किसान समूहका बरिष्ठ उपाध्यक्ष मोहन सिवाकोटी र मेची मत्छे किसान समूह झापाका अध्यक्ष लक्ष्मी सिवाकोटी सहितको संयुक्त टोलीले पुर्वबाट पश्चिम तर्फ सिटिमा लोड गरी ल्याउदैं गरेकोअबस्थामा बिना बिलको करिब ७५ हजार रुपैयाँ बराबरको २४० केजी मरेको माछा नियन्त्रणमा लिएको थियो ।
पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टा झापासँग समन्वय गरी प्राविधिक टोली बोलाई चेकजाँच गर्दा खानको लागि अयोग्य देखिएकोले उक्त माछा प्रहरी चौकी चारआली झापाको कम्पाउण्डको खाली ठाँउमा खाल्डो बनाएर पुरेर नष्ट गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।