
झापा, १ असोज । झापाको शिवसताक्षी नगरपालिका–३ को भेट्रान क्लबले नगरस्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ ।
दसैँको अवसर पारेर शिवसताक्षी–३ स्थित पाराबारीमा फुटबल प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष मनकुमार लिम्बुले जानकारी दिए । दसैँको अवसरमा असोज २४ देखि ७ दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र पारिएको उनले बताए । शिवसताक्षी–३ स्थित भानु माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा मेचीनगर, भद्रपुर, बिर्तामोड, कन्काई, दमक नरपालिकाको भेट्रान टिम र आयोजकका दुई टिम मोरङको उर्लाबारीसहित ८ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रा हुनेले नगद ३० हजा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका लागि ४ लाख बजेट लाग्ने अनुमान गरिएको खेल संयोजक लासाङ दोर्जे तामाङले जानकारी दिए । शिवसताक्षी–३ का वडाध्यक्ष भाष्कर न्यापानेले प्रथम पुरस्कार वडा कार्यलयले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने दोस्रो पुरस्कार हाल वैदेशिक रोजगारमा रहेका डम्बर पयाङ्गुले उपलब्ध गराउने आयोजकले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।