

मोरङ, २ असोज । मोरङको बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट लागुऔषध ब्राउनसगुरसहित दुई जनालाई प्रकाउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३७ वर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका–१ का ३० वर्षीय सुसान्त रिजाल रहेका छन् । हिजो दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५२ प २७१७ नम्बरको मोटरसाइकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।