बिर्तामोड, २२ कात्तिक । झापा क्षेत्र नं–२ मा नेपाली कांग्रेस महासमिति सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
मतदानमा ४९९ जना क्षेत्रीय प्रतिनिधिले मत हालेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा भएको मतदानमा १५६ महिलासहित ४९९ जनाले मत हालेको निर्वाचन अधिकृत रुपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार आजै ४ः१५ बाट मतगणना शुरु भएको छ ।
प्रत्येक क्षेत्रबाट ११ जना महासमिति सदस्य चयन हुनेमा झापा क्षेत्र नं–२ मा आदिबासी जनजाति महिलातर्फ राधा सुब्बा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बाँकी १० जना महासमिति सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको थियो । जसमा दुई खुल्ला महिलातर्फ तीनजनाको उम्मेदवारी परेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।