बिर्तामोड, २२ कात्तिक । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारणसभा २७ गते हुने भएको छ ।
कोशी प्रदेशको तीन जिल्लामा ३१ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको संस्थाको मंसिर १३ गतेदेखि २० गतेसम्म इकाइगत साधारणसभा सम्पन्न हुने संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो ।
सबै सेवा केन्द्रको सात वटा इकाइगत साधारणसभा गरेर मंसिर २७ गते अन्तिम माइन्युट प्रमाणीकरण भेला गरी साधारणसभा सम्पन्न गरिने बताउनुभयो ।
हाम्रो नेपालमा आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म २० हजार ९८१ महिला र १४ हजार ९०३ पुरुष गरी ३५ हजार ८८४ जना सेयर सदस्य रहेको संस्थाका सहायक प्रबन्धक सरोज दाहाले जानकारी दिनुभयो ।
त्यस्तै, सेयर पुँजी १८ करोड ८७ लाख ४८ हजार ७ सय, जगेडाकोष १ करो ८८ लाख १५ हजार ७८२, कुल संस्थागत पुँजी २ करोड ५ लाख ५० हजार २ सय, विभिन्न कोषहरु ५ करोड ६९ लाख ७८ हजार ५३५, कूल बचत एक अर्ब १४ करोड ११ लाख ६४ हजार ५८, लगानीमा रहेको कर्जा १ अर्ब ८४ करोड ७२ लाख ६ हजार ७९२ रहेको छ ।
संस्थामा २० दशमलव ७९ प्रतिशत अर्थात् २३ करोड ९३ लाख ४ हजार ६२२ रुपैयाँ रहेको छ भने कूल सम्पत्ति २ अर्ब २१ करोड ३५ लाख ५३ हजार ७५ रुपैयाँ रहेको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।