फिदिम, २२ कात्तिक । रानिटार युनाइटेड क्लबको आयोजनामा दुई दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
झापा वितामोडमा अवस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको आँखा शिविरमा ५५० बढीले सेवा लिएको रानिटार युनाइटेड क्लबका अध्यक्ष टंक गुरुङले बताउनुभयो । नगरका वडा नं ( ७ र ८ का नागरिकलाई लक्षित गर्दै निशुल्क आँखा चेक जाँच शिविरको आयोजना गरिएको हो । आँखा शिविरमा विरामीलाई औषधी , चस्मा उपलब्ध गराइएको थियो ।
आँखा शिविरमा २८ जना आँखाका बिरामीको सल्यक्रिया गर्नु पर्ने भएका कारण आगामी मङ्सिर ५ गते गोपेटारमा हुने शिविरमा लगिने आयोजकले बताएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।