मेचीनगर, २३ कात्तिक । झापा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको महासमिति सदस्यमा १० जना निर्वाचित भएका छन् भने एक जना महिला निर्विरोध निर्वाचित भएकी छिन् ।
आदिवासी जनजाती महिला तर्फबाट महासमिति सदस्यमा डम्बरकुमारी थापा निर्विरोध भइन् । खुला पुरुषतर्फ ५ पदमा विमल आचार्य, केशवराज पाण्डे, राम कट्टेल, अशोक पोखरेल र मणिकुमार उप्रेती, खुला महिलातर्फ २ पदमा दुर्गादेवी खतिवडा र उषा गुरुङ निर्वाचित भएका छन् ।
त्यस्तै, खसआर्य खुलाको १ पदमा तेजप्रसाद चम्लागाई, खसआर्य महिलातर्फ चन्द्रकला भट्टराई, आदिवासी जनजाति खुलातर्फ प्रेम सम्बाहाम्फे निर्वाचित भएको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरगाईले जानकारी दिए । आज सम्पन्न महासमिति सदस्यको चुनावमा जम्मा ६०७ जनामध्ये ५६१ जना प्रतिनिधिले मतदान गरेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।